स्थानीय तहले नै दिन्छन् विप्लवलाई चन्दा, गृहमन्त्री भन्छन्– दिनेलाई कारबाही हुन्छ « Khabarhub

स्थानीय तहले नै दिन्छन् विप्लवलाई चन्दा, गृहमन्त्री भन्छन्– दिनेलाई कारबाही हुन्छ


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर– गृहमन्त्री रामबहादुर थापा (बादल)ले नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपालाई चन्दा दिनेमाथि पनि कारबाही हुने बताएका छन् ।

प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागि हुन कर्णालीको राजधानी वीरेन्द्रनगर पुगेका गृहमन्त्री बादलले विप्लवलाई चन्दा दिनेलाई पनि कारबाही हुने चेतावनी दिएका हुन् ।

सुरक्षा गोष्ठीपछि आयोजित पार्टी कार्यकर्ता भेलामा गृहमन्त्री थापाले भने, ‘अहिले स्थानीय तहका जनप्रतिनिधिले पनि आफ्नो बजेटबाट उक्त समूह (विप्लव)लाई चन्दा दिने भन्ने सूचना हामीले पाएका छौं । डर र धम्कीका कारण चन्दा दिइने भन्ने कुरा आएको छ । चन्दा लिनेलाई त हामीले कारबाही गरि नै रहेका छौं । अब चन्दा दिनेलाई पनि कारबाही हुन्छ ।’

गृहमन्त्री थापाले कुनै पनि व्यक्ति तथा समूहले चन्दा मागे त्यसको जानकारी प्रहरी र स्थानीय प्रशासनलाई गराउनुपर्ने पनि बताए ।

विप्लव नेतृत्वको नेकपाले गठन गरेको भनिएको समानान्तर सरकारलाई स्थानीय तहबाटै चन्दा जाने गरेको सूचना आफूकहाँ आएको गृहमन्त्रीको भनाइ थियो । ‘स्थानीय तहमा आएको बजेट योजना छुट्याउँदा उनीहरुलाई पनि दिने गरेको भन्ने सूचना हामीले पाएका छौं,’ गृहमन्त्री थापाले भने, ‘समानान्तर सरकार भनिएको छ, राज्यले कुनैपनि समानान्तर सरकारलाई मान्यता दिँदैन । उनीहरुलाई कानूनअनुसार कारबाही हुन्छ ।’

स्थानीय जनप्रतिनिधिले डर र धम्की तथा अन्य कारणले पनि चन्दा दिइरहेको भन्ने जानकारी पाएको बताउँदै गृहमन्त्री थापाले भने, ‘चन्दा माग्नेलाई त कारबाही गर्ने कुरा छँदै छ, अब दिनेलाई पनि कारबाही गरिन्छ ।’

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  ७ : १० बजे

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर– प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर मारिएका कञ्चनपुरका विपिन

जुम्लामा पाँच महिनामा पुँजीगत खर्च न्यून

जुम्ला– जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित