राजधानीमा आक्रमण गर्ने लिबिया सरकाको तयारी ! « Khabarhub

राजधानीमा आक्रमण गर्ने लिबिया सरकाको तयारी !


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– लिबियाका पूर्वमा सैनिक जनरल खलिफा हफ्तारको नेतृत्वमा रहेको सरकारले राजधानी त्रिपोलीमा आक्रमणको तयारी थालेको छ ।

समाचार संस्था रोयटर्सले जनाएअनुसार पछिल्ला केही सातायता मुलुकको दक्षिण क्षेत्रमा रहेका तेल खानीमा आफ्नो नियन्त्रण कायम गरेको खलिफ हफ्तारको फौजले राजधानी त्रिपोलीमा आक्रमणको तयारी थालेको हो ।

त्यसका लागि मुलुकको मध्यभागमा रहेका आफ्ना सैनिक आधारमा हफ्तारको फौजले सैनिक क्षमता बढाउँदै लगेको छ ।

यसै महिनाको शुरुमा हफ्तारले आफ्ना फौजलाई मुलुकको दोश्रो ठूलो शहर बेन्घाजी तथा रणनीतिक रुपमा महत्वपूर्ण शहर जुफ्रातर्फ पठाएको बताइएको छ । त्रिपोलीमा आक्रमण गर्नका लागि हफ्तारका फौज त्यसतर्फ लागेको हुनसक्ने बताइएको छ ।

केही साता अघि मात्रै हफ्तारको फौजले एल सरारालगायतका तेल खानी आफ्नो नियन्त्रणमा लिएको थियो ।

हाल त्रिपोलीमा कुनै पनि बेला हफ्तारको फौजले आक्रमण गरिहाल्न सक्ने चिन्ता पैदा भएको रोयटर्सले जनाएको छ । रोयटर्सका अनुसार         त्रिपोलीका सडकमा युवाहरु चर्को स्वरमा हफ्तारको समर्थनमा गीतहरु बजाइरहेका छन् ।

त्यसबाहेक हफ्तारको फौजले त्रिपोलीमै रहेका केही लडाकु गुटसँग त्रिपोलीमा आक्रमण गर्नका लागि सहकार्य गरिरहेको समेत जनाइएको छ ।

यता सैनिक आक्रमण भए त्यसले फयज अल शेर्राजको नेतृत्वमा त्रिपोलीमा रहेको संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय मान्यताप्राप्त त्रिपोलीको सरकार पतन हुनसक्ने संभावना रहेको भन्दै पश्चिमा मुलुकका कुटनीतिज्ञले चिन्ता व्यक्त गरेका छन् ।

फयज अल शेर्राजको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय समर्थनप्राप्त सरकार निकै कमजोर रहेको र लिबियाको निकै सानो भूभागमा मात्र त्यस सरकारको नियन्त्रण रहेको बताइन्छ ।

अर्कोतर्फ हफ्तारको सरकारलाई भने इजिप्ट र संयुक्त अरब इमिरेट्स युएईको समर्थन रहेको बताइन्छ ।

हफ्तारले सन् २०१४ मा बेन्घाजी तथा त्यस आसपासका शहरबाट आतंकवादी समूहलाई परास्त गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  १० : ५० बजे

मतदाता सूचीबाट नाम हटाइएको विरोधमा भारतमा विपक्षी दलको प्रदर्शन

नयाँ दिल्ली- मतदाता सूचीबाट ठूलो सङ्ख्यामा नाम हटाएर प्रधानमन्त्री नरेन्द्र मोदीको

३९ वर्ष पुरानो ज्याकेट अझै फिट, ‘मिस्टर इन्डिया’ को पहिरनमा देखिए अनिल कपूर

काठमाडौं– बलिउडमा समयसँगै कलाकारको रूप फेरिन्छ, फेसन बदलिन्छ र पुराना

कांग्रेस सहमहामन्त्रीमा रामहरिले पाए १२८० मत, पछ्याउँदै अजयबाबु 

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुलामा रामहरि

उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

गोरखा– उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युतविहीन बनेका छन्

एमएडब्ल्यू अर्थमुभर्सद्वारा जेसीबी मेसिन हस्तान्तरण

काठमाडौं– नेपालमा जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको पहिलो दिन