राजधानीमा आक्रमण गर्ने लिबिया सरकाको तयारी ! « Khabarhub

राजधानीमा आक्रमण गर्ने लिबिया सरकाको तयारी !


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– लिबियाका पूर्वमा सैनिक जनरल खलिफा हफ्तारको नेतृत्वमा रहेको सरकारले राजधानी त्रिपोलीमा आक्रमणको तयारी थालेको छ ।

समाचार संस्था रोयटर्सले जनाएअनुसार पछिल्ला केही सातायता मुलुकको दक्षिण क्षेत्रमा रहेका तेल खानीमा आफ्नो नियन्त्रण कायम गरेको खलिफ हफ्तारको फौजले राजधानी त्रिपोलीमा आक्रमणको तयारी थालेको हो ।

त्यसका लागि मुलुकको मध्यभागमा रहेका आफ्ना सैनिक आधारमा हफ्तारको फौजले सैनिक क्षमता बढाउँदै लगेको छ ।

यसै महिनाको शुरुमा हफ्तारले आफ्ना फौजलाई मुलुकको दोश्रो ठूलो शहर बेन्घाजी तथा रणनीतिक रुपमा महत्वपूर्ण शहर जुफ्रातर्फ पठाएको बताइएको छ । त्रिपोलीमा आक्रमण गर्नका लागि हफ्तारका फौज त्यसतर्फ लागेको हुनसक्ने बताइएको छ ।

केही साता अघि मात्रै हफ्तारको फौजले एल सरारालगायतका तेल खानी आफ्नो नियन्त्रणमा लिएको थियो ।

हाल त्रिपोलीमा कुनै पनि बेला हफ्तारको फौजले आक्रमण गरिहाल्न सक्ने चिन्ता पैदा भएको रोयटर्सले जनाएको छ । रोयटर्सका अनुसार         त्रिपोलीका सडकमा युवाहरु चर्को स्वरमा हफ्तारको समर्थनमा गीतहरु बजाइरहेका छन् ।

त्यसबाहेक हफ्तारको फौजले त्रिपोलीमै रहेका केही लडाकु गुटसँग त्रिपोलीमा आक्रमण गर्नका लागि सहकार्य गरिरहेको समेत जनाइएको छ ।

यता सैनिक आक्रमण भए त्यसले फयज अल शेर्राजको नेतृत्वमा त्रिपोलीमा रहेको संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय मान्यताप्राप्त त्रिपोलीको सरकार पतन हुनसक्ने संभावना रहेको भन्दै पश्चिमा मुलुकका कुटनीतिज्ञले चिन्ता व्यक्त गरेका छन् ।

फयज अल शेर्राजको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय समर्थनप्राप्त सरकार निकै कमजोर रहेको र लिबियाको निकै सानो भूभागमा मात्र त्यस सरकारको नियन्त्रण रहेको बताइन्छ ।

अर्कोतर्फ हफ्तारको सरकारलाई भने इजिप्ट र संयुक्त अरब इमिरेट्स युएईको समर्थन रहेको बताइन्छ ।

हफ्तारले सन् २०१४ मा बेन्घाजी तथा त्यस आसपासका शहरबाट आतंकवादी समूहलाई परास्त गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  १० : ५० बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल