मेयरको गाडीले ठक्कर दिँदा अर्नाको मृत्यु « Khabarhub

मेयरको गाडीले ठक्कर दिँदा अर्नाको मृत्यु


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इनरुवा– सुनसरीको कोशी गाउँपालिका–७ हरिपुर क्षेत्रमसरकारी गाडीको ठक्करबाट एउटा अर्नाको मृत्यु भएको छ ।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट चरिचरनका लागि रातिको समयमा निस्केको अर्नाको पूर्वपश्चिम राजमार्ग पार गर्ने क्रममा शुक्रवार राति सरकारी गाडीले ठक्कर दिएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।

उदयपुरबाट विराटनगरतर्फ जाँदै गरेको स१झ ४९३ नंको त्रियुगा नगरपालिकाका नगर प्रमुख चढ्ने गरेको गाडीको ठक्करबाट अर्नाको मृत्यु भएको हो ।

रातिकोे समयमा चरिचरनका लागि निस्किएको आरक्षको वयस्क पोथी अर्नाको गाडीको ठक्करबाट घट्नास्थलमै मृत्यु भएको हो । गाडीमा समेत क्षति पुगेको छ । घटनाबारे अनुसन्धान भइरहेको फुयाँलले बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  ११ : ०२ बजे

नवौँ राष्ट्रिय खेलकुद : म्याग्दीमा खेलमैदान तयार

म्याग्दी – म्याग्दीमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुने खेलमैदान

राँगोको मार हान्न तीन लाख १५ हजारको बोलकबोल

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ को भगवती कोत मन्दिरमा नवमीका

शिक्षा क्षेत्रमा रुसको ज्यादती

युक्रेनले पछिल्ला दुई साता यता ६ महिनादेखि रुसको निगरानीमा रहेका

लेस्टरको शानदार पहिलो जित

काठमाडौं – लेस्टर सिटीले इङलिस प्रिमियर लिगमा यस सिजनको पहिलो

जस्प्रित बुमराह विश्वकप बाहिर

काठमाडौं – भारतका तिब्रगतिका बलर जस्प्रित बुमराहले आईसीसी टी–२० विश्वकप