विप्लवले लिएको बाटो गलत भएको बाबुराम भट्टराईको भनाइ « Khabarhub

विप्लवले लिएको बाटो गलत भएको बाबुराम भट्टराईको भनाइ


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय संयोजक डा बाबुराम भट्टराईले विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गरी समस्याको समाधान खोज्न सरकारसँग आग्रह गरेका छन् ।

गोरखा सदरमुकाममा पत्रकारसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री डा भट्टराईले विप्लप नेतृत्वको राजनीतिक पार्टीले पछिल्लो समय विद्रोहको नेतृत्व गरेकाले वार्ताबाटै राजनीतिक मूलधारमा ल्याउनुपर्नेमा जोड दिए ।

उनले तराई विखण्डनको आन्दोलनमा लागेका सिके राउतसँग सरकारले सम्झौता गरी राजनीतिक मूलधारमा ल्याएकै हो भने विप्लप नेतृत्वको पार्टीसँग पनि छलफल र सहमतिबाटै समाधान खोज्नुपर्ने बताए ।

“सरकारले विप्लप नेतृत्वकोे दलको माग राजनीतिक हिसाबले सम्बोधन गर्नुपर्छ”, उनले भने, “देशलाई विखण्डन गर्छु भन्ने पक्षसँग उदार भएर प्रधानमन्त्रीले सहमति गर्नुभयो भने उहाँहरुलाई पनि त्यही ढङ्गले सम्बोधन गरी समाधान खोज्नुपर्छ ।” डा भट्टराईले विप्लप नेतृत्वको पार्टीले अघि बढाएको राजनीतिक एजेण्डासँग आफ्नो सहमति हुन नसक्ने बताए ।

विप्लपले लिएको बाटो गलत भएको उनको भनाइ थियो ।

“सरकार सिके राउतप्रति नरम भएर प्रस्तुत हुँदा विप्लपप्रति कठोर व्यवहार गरिनु शोभनीय हुँदैन”, डा भट्टराईले भने । सरकारले सिके राउतसँग गरिएका सम्झौतामा दोहोरो अर्थ लागेकाले त्यसलाई स्पस्ट पार्नुपर्ने उनको भनाइ थियो ।

“हामी राजनीतिक असन्तुष्टि राख्नेलाई बोलाएर सरकारले छलफल गर्नुपर्छ, वार्ता गर्नुपर्छ र समस्याको समाधान खोज्नुपर्छ भन्ने पक्षमा छाँै”, डा भट्टराईले भने, “देशलाई विखण्डन गर्न खोज्नेसँग भने सरकार सचेत हुनुपर्छ ।”

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  ११ : २० बजे

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक

ख्वप (भक्तपुर)- भक्तपुरमा उल्लेख्य जनसहभागितासहित ४६औँ नेपालभाषा साहित्य सम्मेलन तथा

रौतहटको औरैयामा सञ्चालित प्रसूति केन्द्र ‘मोडेल’ बन्न सफल

काठमाडौँ- युएनएफपिएको सहयोगमा नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवालाई

रुस, युक्रेन र अमेरिकाबीच अबु धाबीमा वार्ता हुने सम्भावना

मस्को- रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच आगामी नोभेम्बरमा संयुक्त

जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा ह्रास

काठमाडौँ- दुर्लभ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३

विगतका कमीकमजोरी सुधार्दै पार्टीलाई बलियो र एकताबद्ध बनाउछौँ : अजयबाबु

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री अजयबाबु शिवाकोटीले विगतका कमीकमजोरीहरूलाई सुधार