तीर्थ र कान्छीमायाले जिते धरान रनको उपाधि « Khabarhub

तीर्थ र कान्छीमायाले जिते धरान रनको उपाधि


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान– विगत ७ वर्षदेखि नियमित हुँदै आएको ‘धरान रन’ २०१९ को उपाधि पुरुषतर्फ तीर्थ पुन र महिलातर्फ कान्छीमाया कोजुले जितेका छन् ।

धरानको तीनकुनेस्थित श्रीजंगा शालिकबाट शुरु भएको १० किलोमिटर लामो दुरीको दौड ३१ मिनेट १६ सेकेण्डमा पूरा गर्दै पुरुषतर्फ पुन विजयी भए । महिलातर्फकी विजेता कोजुले ३७ मिनेट ४७ सेकेण्डमा दौड पूरा गरिन् ।

गत वर्ष पनि महिलातर्फको उपाधि कोजुले जितेकी थिइन् । पुनको भने यो चौथो जीत हो ।

पर्वतका अनिष थापा ३१ मिनेट २२ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो भए भने नेपाल आर्मीका गजेन्द्र राई ३१ मिनेट ३५ सेकेन्डमा दौड पूरा गरेर तेस्रो भए ।

महिलातर्फ दादिङकी सन्तोषी श्रेष्ठ ३८ मिनेट १८ सेकेन्डमा दौड पूरा गरेर दोस्रो भइन् भने ३८ मिनेट ४७ सेकेन्डमा दौड पूरा गर्दै एपीएफकी पुष्पा भण्डारी तेस्रो भइन् ।

खुला समूहअन्तर्गत पुरुष र महिलातर्फ प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश, ४०, ३० र २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा १६ वर्षमुनिको उमेर समूहमा फुरुषतर्फ जुम्लाका नरेश बुढा प्रथम भए भने महिलातर्फ झापा दमककी मनिषा राईले जीत हात पारिन् ।

१२ वर्षमुनि उमेर समूहको फुरुषतर्फ रोदन राई प्रथम हुँदा महिलातर्फ स्मृति राईले बाजी मारिन् ।

भेट्रान पुरुषतर्फ धर्म महर्जन प्रथम हुँदा महिलातर्फ रितादेवी राईले जीत हात पारिन् ।

उमेर समूहमा प्रथम हुनेले ७ हजार, दोस्रो हुनेले ५ हजार र तेस्रो हुनेले ३ हजार नगदसहित प्रमाणपत्र पाएका थिए ।

धरान रन कार्यक्रमलाई आरती स्ट्रिप्स प्राली, प्रभु बैंक, यति फलोरिङ्ग, नेपाल टेलिकम लगायतले प्रायोजन गरेका थिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  ९ : २२ बजे

एन्फाका अध्यक्ष नेम्वाङ र महासचिव राईविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध