काठमाडौंमा विहानैबाट चट्यांङसहित बर्षा, सचेत रहन मौसमविदको सुझाव « Khabarhub

काठमाडौंमा विहानैबाट चट्यांङसहित बर्षा, सचेत रहन मौसमविदको सुझाव


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकामा आज विहानैदेखि हावाहुरी र चट्यांङसहित वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका पूर्वी र मध्य भु–भागमा सामान्य बदली र पश्चिमि भू–भागमा आंशिक बदली रहने जनाएको छ ।

देशको पूर्वी मध्य भू–भागका केही स्थानमा र पश्चिमका १–२ स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको जनाइएको छ । पूर्वी र मध्य तराईका केही स्थानहरुमा हुरी बतास चल्ने सम्भावना छ भने हिमालि भेगका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।

रातिः देशका पूर्वी भु–भागमा आंशिक देखि सामान्य बदली र बाँक्री भू–भागमा आंशिक बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू–भागका केही स्थानमा र पश्चिमी पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको सम्भावना देखिन्छ।

पूर्वि तथा मध्य तराईका केही स्थानहरुमा हुरि बतास चल्ने सम्भावना छ । मध्य र पूर्वी हिमाली भेगका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।

चैत्र २७ गते (बुधबार)

दिउँसोः देशको प्राय: स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ तथापि अपरान्ह पश्चात सामान्य बदलि भई मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना छ ।

राति: देशभरि आंशिक बदलि रहनेछ । देशको थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना छ ।

बंगालको खाडीमा उत्पन्न जलवास्पका कारण नेपालको मौसम बदली हुने तथा मेघ गर्जनसहितको पानी पर्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद बरुण पौडेलले बताए । उनले सचेत रहन समेत सुझाव दिएका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  ५ : ५४ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट