स्याटेलाइटबाट हाइ-स्पीडको इन्टरनेट ! « Khabarhub

स्याटेलाइटबाट हाइ-स्पीडको इन्टरनेट !


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेजन– हाइ-स्पीड इन्टरनेट उपलब्ध गराउनका लागि अमेजनले अन्तरिक्षमा ३ हजारभन्दा धेरै स्याटेलाइट प्रक्षेपण गर्ने भएको छ ।

हालै अमेजनले जारी गरेको योजनाअनुसार ‘प्रोजेक्ट कुइपर’ नामक परियोजना अन्तर्गत अन्तरिक्षमा ३ हजारभन्दा धेरै स्याटेलाइट परीक्षण गरिनेछ ।

अमेजनले सार्वजनिक गरेको योजनाअनुसार अन्तरिक्षको तल्लो तहमा ३ हजारभन्दा धेरै स्याटेलाइटको सञ्जाल प्रक्षेपण गरिनेछ जसले पृथ्वीमा तीब्र गतिको ब्रोडब्याण्ड इन्टरनेट उपलब्ध हुनेछ ।

यसले संसारभर तीब्र गतिको इन्टरनेटको पहुँच बाहिर रहेका मानिसहरुलाई इन्टरनेट सञ्जालसँग जोड्ने अमेजनले जनाएको छ । यसबारे अमेजनले विस्तृत योजना संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय टेलिकम्युनिकेशन युनियनसमक्ष बुझाइसकेको छ ।

पछिल्लो समय अन्तरिक्षबाट पृथ्वीमा इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यले अमेजनसहित विभिन्न कम्पनीले अध्ययन गरिरहेको बताइन्छ । केही समयअघि मात्रै वानवेब नामक कम्पनीले यस्तै प्रयोजनका लागि अन्तरिक्षमा ६ वटा स्याटेलाइट प्रक्षेपण गरिसकेको छ ।

अन्तरिक्षबाट पृथ्वीमा तीब्र गतिको इन्टरनेट सेवा प्रदान गर्ने विषयमा अमेजन र वानवेबसहित इलोन मस्कको स्पेसएक्स, लेयोसाट, टेलेसाट र अमेरिकाको रक्षा तथा हवाई उपकरण निर्माता कम्पनी बोइङलगायतका कम्पनीले पनि स्याटेलाइटबाट इन्टरनेट प्रवाह गर्ने विषयमा अनुसन्धान गरिरहेका छन् ।

यस्ता स्याटेलाइटले पृथ्वीमा सञ्चारको साधनमा तीब्र परिवर्तन ल्याउने प्राविधिक तथा वैज्ञानिकहरु बताउँछन् ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  ७ : ३९ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री