चट्याङ लागेर एकको मृत्यु, १६ घाइते « Khabarhub

चट्याङ लागेर एकको मृत्यु, १६ घाइते


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम-सोमबार राति चट्याङ लागेर अछाममा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले चट्याङ लागेर अछामको पञ्चदेवल विनायक नगरपालिका–७ बस्ने प्रसाद रावलको छोरा अन्दाजी १४ वर्षीय जनकको मृत्यु भएको जानकारी दिए। राति घरमा बसिरहेको समयमा चट्याङ पर्दा उनको मृत्यु भएको हो । मृतक जनकको शवपरीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी जिल्लाको सोही नगरपालिकाका वडा नं ४, ७ र ८ मा सोमबार राति चट्याङ लागेर अन्दाजी ३३ वर्षीय धर्मेन्द्र रावल, २७ वर्षीय गोविन्द रावल, ४५ वर्षीय धर्म रावल, १२ वर्षीय रमेश रावल, २२ वर्षीया रेतुका रावल, एक वर्षीय विप्लव रावल, ५७ वर्षीया उज्जा रावल, १९ वर्षीया सृजना रावल, २३ वर्षीया धिर्जा रावल, २० वर्षीय रघु रोक्का मगर, २२ वर्षीया कली रोक्का मगर तथा १९ वर्षीया सपना रोक्का मगर घाइते भएका छन् । घाइते अन्य तीन जनाको नाम खुल्न नसकेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलले जनाएको छ ।

चट्याङ लागेर घाइते भएकाहरुको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको प्रहरीले जनाएको छ । सोमबार साँझ एकाएक हावाहुरीसँगै आएको असिना तथा परेको चट्याङले डोटीलगायत यहाँका अन्य पहाडी जिल्लामा ठूलो मात्रामा बालीनालीको नोक्सानीसमेत गरेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  ९ : ३० बजे

ड्रोनबाट यस्ताे देखियाे सुदूरपश्चिम र लुम्बिनीबीचकाे खेल (तस्बिरहरू)

काठमाडौं– कीर्तिपुरमा एनपीएलको उमंग : मैदानमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी

अघिल्लो फाइनलभन्दा दुई रन बढी जोडेको सुदूरपश्चिम ८७ रनमा अल आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

तस्बिरमा हेर्नुहोस्, प्रधानमन्त्री बालेनले उद्घाटन गरेको एनपीएल, भिडन्तमा लुम्बिनी र सुदूरपश्चिम

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

सुदूरपश्चिमले गुमायो एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा अहिले सुदूरपश्चिम रोयल्स

भन्सार छली गरी ल्याइएका गरगहनासहित चारजना पक्राउ

बागमती– मकवानपुर प्रहरीले भन्सार छलि गरी ल्याइएका चाँदीका विभिन्न किसिमका