ओलम्पिक छनोट : नेपाल र इन्डोनेसिया भिड्दै, दुवै देशका लागि सान्तवना खेलमात्र « Khabarhub

ओलम्पिक छनोट : नेपाल र इन्डोनेसिया भिड्दै, दुवै देशका लागि सान्तवना खेलमात्र


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-ओलम्पिक छनोटबाट बाहिरिसकेका नेपाल र इन्डोनेसियाबीचको खेल आज (मंगलबार) हुँदैछ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले प्रतियोगिताको अन्तिम खेलमा इन्डोनेसियासंग प्रतिस्पर्धा गर्दैछ ।

लगातार दुई खेलमा पराजित भएको नेपाल इन्डोनेसियासँग सान्त्वना जीतको खोजिमा रहेको छ भने इन्डोनेसिया पनि नेपाललाई रोक्दै प्रतियोगितामा पहिलो जीतको खोजिमा छ । खेल नेपाली समयअनुसार दिउँसो पौने तीन बजे सुरु हुनेछ ।

यसअघि भएका दुबै खेलमा नेपाल र इन्डोनेसियाले हार ब्यहोरेका थिए । एक खेल अघिनै प्रतियोगिताबाट बाहिरिसकेका दुवै टोली पहिलो जितको खोजीमा छन् ।

छनोटको पहिलो खेलमा नेपाल आयोजक म्यानमारसँग ३-१ गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा भारतसँग पनि समान ३—१ गोल अन्तरले पराजित भएको थियो ।

फिफा वरियतामा इन्डोनेसिया नेपाल भन्दा निकै माथि छ । इन्डोनेशिया ८६ स्थानमा र नेपाल १०३ औ स्थानमा छ ।

सन् २०२० मा टोकियोमा हुने ओेलम्पिक एसिया छनोटको पहिलो चरणको खेलमा नेपालले आयोजक म्यानमार, भारत र बंगलादेशसँग समान १–१ को बराबरी खेल्दै दोस्रो चरणमा स्थान बनाएको हो ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  ९ : ५६ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन