एडीबीको प्रक्षेपणः मुल्यवृद्धि बढ्ने, आर्थिक वृद्धिदर ६.२ प्रतिशत हुने « Khabarhub

एडीबीको प्रक्षेपणः मुल्यवृद्धि बढ्ने, आर्थिक वृद्धिदर ६.२ प्रतिशत हुने


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यसवर्ष नेपालको आर्थिक वृद्धिदर ६ दशमलव २ प्रतिशत रहने एसियाली विकास बैंकले प्रक्षेपण गरेको छ ।

बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कृषि क्षेत्रमा उल्लेख्य वृद्धिदर कायम हुनसक्ने भन्दै समग्र आर्थिक वृद्धिदर समेत ६ दशमलव २ प्रतिशतको हाराहारीमा रहने प्रक्षेपण गरेको हो ।

बैंकले आगामी आर्थिक वर्ष समेत नेपालको आर्थिक वृद्धिदर ६ दशमलव ३ प्रतिशतले वृद्धि हुने समेत जनाएको छ ।
एसियाली विकास बैंकले गरेको सर्वेक्षणअनुसार चालु आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धि आर्थिक वर्ष सम्म ४ दशमलव ५ प्रतिशत पुग्न सक्ने देखाएको छ ।

अघिल्लो वर्ष २ दशमलव ८ प्रतिशतले कृषि क्षेत्रको उत्पादन बढेको थियो । बैंकले गरेको अनुसन्धानबाट यसवर्ष धानको उत्पादन अघिल्लो वर्षभन्दा ८ दशमलव ४ प्रतिशतले बढेर ५५ लाख टन पुग्ने समेत जनाएको छ ।

बैकले गरेको प्रक्षेपणअनुसार औद्योगिक क्षेत्र ७ दशमलव १ प्रतिशतले विस्तार हुने र सेवा क्षेत्र समेत ६ दशमलव ४ प्रतिशतले बढ्न सक्ने बताएको छ । बैंकका अनुसार मुद्रास्फिति भने ४ दशमलव २ प्रतिशतबाट बढेर ४ दशमलव ४ प्रतिशतमा पुग्नेछ ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  ११ : १२ बजे

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज

दसैँको रौनक : ‘परिवार’को ‘रातो टीका’ गीत सार्वजनिक

काठमाडौं– दसैँ नजिकिँदै गर्दा नेपाली फिल्म ‘परिवार’ ले पनि दर्शकलाई

कालीगण्डकीको बाढीले तहसनहस फोर्से बजार (तस्बिरहरू)

काठमाडौं– गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीका कारण

कांग्रेस महाधिवेशन : निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै लगानी सुरक्षा र स्थिर कर नीतिमा जोड

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आर्थिक धारसमेत