इथियोपियामा मानवीय सहायता चाहियो, ८८ लाखभन्दा नागरिकलाई सहायता आवश्यक « Khabarhub

इथियोपियामा मानवीय सहायता चाहियो, ८८ लाखभन्दा नागरिकलाई सहायता आवश्यक


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आदिस अबाबा- अफ्रिकी मुलुक इथियोपियामा सन् २०१९ मा ८८ लाखभन्दा बढी नागरिकलाई मानवीय सहायताको खाँचो रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय मानवीय सहायता मामिलासम्बन्धी कार्यालय (युएनओसिएचए) ले दिएको जानकारी अनुसार खाद्यान्नका अलावा कुपोषणको समस्याबाट पीडित यहाँका नागरिकलाई दैनिक खाना, पोषण तथा खानेपानी लगायतको ठूलो अभाव छ । यसबाट खासगरी बालबालिका र किशोरहरु सबैभन्दा बढी पीडित भइरहेका छन् ।

इथियोपियामा विगत लामो समयदेखि जारी युद्ध र सुक्खाजस्ता विभिन्न समस्याका कारण ती नागरिकमा आधारभूत खाद्यान्न लगायतका सामग्री आवश्यक रहेको अधिकारीहरुको भनाई छ ।

यहाँ लामो समयदेखि जारी द्वन्द्व, जलवायु परिवर्तका कारण उत्पन्न सुक्खा र खडेरी लगायतका विभिन्न समस्याका कारण खाद्यान्नको उत्पादनमा नै असर परेको छ । यही कारण धेरै मानिस प्रभावित भएका र उनीहरुलाई खाना र राम्रो खानेपानीकै समस्या रहेको राष्ट्रसंघको भनाई छ ।

अघिल्लो महिना मात्र पनि इथियोपियाको सरकार, राष्ट्रसंघीय निकाय र अन्य विकास साझेदारहरुले गरेको एक अध्ययनमा पनि यहाँका करिब ८३ लाख मानिसलाई सन् २०१९ मा खाद्यान्न र अन्य वस्तुहरुको आपूर्तिका लागि कम्तीमा पनि एक अर्ब ३० करोड अमेरिकी डलरको खाँचो रहेको जनाएका थिए ।

जलवायु परिवर्तनका कारण उत्पन्न खडेरी र द्वद्वबाट प्रभावित लाखौँ मानिस आन्तरिक रुपमा विस्थापित भएका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  १ : १६ बजे

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल