ओलम्पिक छनोट : नेपालको सान्त्वना जीत « Khabarhub

ओलम्पिक छनोट : नेपालको सान्त्वना जीत


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ओलम्पिक छनोट दोस्रो चरणको अन्तिम खेलमा नेपालले जीत हात पारेको छ । म्यानमारमा भएको खेलमा नेपाली महिला टोलीले इन्डोनेसियालाई २—१ पराजित गर्दै सान्त्वना जीत हासिल गरेको हो । दुवै गोल नेपाली फरवार्ड सावित्रा भण्डारीले गरिन् ।

यसअघि भारत र म्यानमारसँग पराजित नेपालले आज इन्डोनेसियालाई पराजित गर्दै सुखद् अन्त्य गरेको छ । समूह ए मा रहेको नेपालले जीतसँगै ३ अंक जोडेको छ भने पराजित इन्डोनेसिया अंक बिहीन बनेको हो ।

यस्तै, २०२० मा जापानको टोकियोमा हुने ओलम्पिकका लागि म्यानमार प्रवेश गरेको छ । भारतसँग ३—३ गोल बराबरी खेलेको म्यानमार समूह चरणमा शीर्ष स्थानमा रहँदै ओलम्पिक छनोटको अर्को चरण प्रवेश गरेको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  ५ : ११ बजे

सन्तान नजन्माएको भन्दै शिक्षकले नै श्रीमतीलाई बारम्बार यातना दिएपछि…

काठमाडौं- बिहे गरेको पाँच वर्षसम्म पनि सन्तान नभएको भन्दै परिवारले

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति

देशका अधिकांश क्षेत्रमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ–जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा

बालेन सरकारले दलीय ट्रेड युनियन खारेज गरे कसो गर्लान् शिक्षक-कर्मचारी ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वाचापत्रअनुसार केही दिनमा बन्ने बालेन्द्र

साताको कार्टुन : भ्रष्टलाई हान्ने र भनेको मान्नेलाई छान्ने

काठमाडौं- फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भारी बहुमत ल्याएको