मलेसियाका पूर्वप्रधानमन्त्री रजककी पत्नी पक्राउ « Khabarhub

मलेसियाका पूर्वप्रधानमन्त्री रजककी पत्नी पक्राउ


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलेसिया– मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाककी पत्नी रोसमाह मन्सुर पक्राउ परेकी छिन् । भ्रष्टाचारको आरोपमा उनली प्रहरीले पक्राउ गरेको हो । उनले ग्रामीण क्षेत्रमा रहेका विद्यालयमा जडान गरिएको सोलार पावर आयोजनामा भ्रष्टाचार गरेको आरोप लागेको छ ।

अनुसन्धानमा सहजीकरणका लागि सोधपुछ गर्न बोलाइएको बेला त्यहीबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । उनलाई बुधबार नै क्वालालम्पुर अदालतमा उपस्थित गराइएको छ ।

रोसमाह तथा उनका पूर्व विशेष सहयोगीलाई गत वर्षको नोभेम्बरमा एक कम्पनीलाई चार करोड ४८ लाख अमेरिकी डलर बराबरको ठेक्का करार गरेबापत १५ प्रतिशत कमिसन मागेको आरोप लगाइएको थियो । रोसमाहलाई उक्त कम्पनीका निर्देशकबाट घुस लिएको समेत आरोप लागेको छ ।

सोलार पावर आयोजनाबारे आरोप लाग्नु पहिले पूर्वप्रधानमन्त्रीकी पत्नी रोसमाहमाथि १६ लाख अमेरिकी डलर बराबर सम्पत्तिको शुद्धीकरण तथा कर छलीबारेका विभिन्न १७ मुद्दामाथि छानबिन गरिसकिएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  ९ : ०६ बजे

महाधिवेशनमा जुट्यो कांग्रेस देउवा पक्ष, पौने आठ लाख क्रियाशीलको विवरण तयार

काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन इतर पक्षले पनि १५औं महाधिवेशनका लागि

अर्थमन्त्री वाग्ले दोहा प्रस्थान

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले दोहा प्रस्थान गरेका छन् ।

आजका समाचार : प्रधानमन्त्री शाह स्वदेश फिर्ता, परराष्ट्रमन्त्री अमेरिकामै, देशभर अविरल वर्षा र साउदी अरबमाथि हुथी आक्रमण तीव्र

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता संयुक्त राष्ट्रसंघको

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली