गर्मी तथा ‘लू’बाट बच्न खानुस् यी पाँच पदार्थ « Khabarhub

गर्मी तथा ‘लू’बाट बच्न खानुस् यी पाँच पदार्थ


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं- अहिले गर्मीको मौसम शुरु भएको छ । विशेष गरी तराई क्षेत्रमा धेरै गर्मी बढ्न थालेको छ । कतिपय ठाउँमा बहने हावा नै तातो हुन थालेको छ ।

गर्मी बढेसँगै केही सरुवा रोग तथा प्रकोपको सम्भावना पनि बढ्छ । त्यसतर्फ तपाई हामी सचेत हुनुपर्छ ।  गर्मी मौसममा हाम्रो शरीरमा पानीको मात्रा कम हुन्छ ।

यस्तो अवस्थामा अत्यधिक गर्मीको पीडा र अल्छिपनाले तपाईंलाई सताउने गर्छ । गर्मीमा शितलता प्राप्त गर्न तथा तपाईंको शरीरमा पानीको मात्रा कमी हुन नदिन तपाईंले केही खाने कुरामा ध्यान दिनुभयो भने राहत पाउनु हुनेछ ।

घरबाट निस्कनु भन्दा पहिले तथा बाहिर निस्केपछि पनि यस्ता खाने कुरा लिनु भयो भने तपाईंले राहत महसुस गर्नु हुनेछ ।

दही (छाछ वा मठ्ठा)
दहीबाट बनाइएको छाछ वा मठ्ठामा पानीको मात्रा धेरै हुन्छ । यसमा प्रोबायोटिक्स हुन्छ भने यसको सेवनले शरीरलाई सितलता प्रदान गर्छ । यसलाई पिउने हो भने अत्यधिक गर्मीका बेला तराई तथा मधेसमा लू (तातो हावाको प्रभाव) लाग्दैन ।

आँपको पन्ना
गर्मी मौसममा अत्यधिक तातो हावा चल्ने स्थानमा लू लाग्ने गर्दछ । आँपको पन्नाले लू लाग्नबाट बचाउनेछ । काचो आँपलाई उमालेपछि कालो नून अर्थात बिरे नून, चिनी तथा जिराको प्रयोग गरेर तयार गरिन्छ ।
यसले अत्यधिक गर्मीका कारण हुने पीडालाई कम गर्नेछ ।

प्याजको रस
प्याज तथा प्याजको रस दुवैको सेवनबाट लु लाग्नदैन । प्याजको रसले हिट स्ट्रक अर्थात शरीरमा हुने अत्यधिक गर्मीबाट बच्न महत्वपूर्ण सहयोग गर्नेछ । त्यसैले घरबाट बाहिर निस्कनु भन्दा पहिले प्याज खाएर निस्कन सुझाव दिने गरिन्छ । यस्तै खल्तीमा प्याज राख्नुलाई पनि राम्रो मानिन्छ ।

मुंग दाल
मुंगको दाललाई उमालेर त्यसको पतलो पानी पिउँदा अत्यधिक गर्मी (हिट स्ट्रोक) बाट तपाईंलाई राहत मिल्ने छ । यसले शरीरको तापक्रमलाई घटाएर सितलता प्रदान गर्ने छ ।

तितौराको पानी
तितौराको पानीले शरीरमा जल वियोजन (डिहाइड्रेसन) हुनबाट बचाउने छ । तितौरालाई पानीमा भिजाएर, उमालेर, छानेर तथा चिनीमा मिसाएर पिउन सकिने छ ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  ७ : २४ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर