गर्मी तथा ‘लू’बाट बच्न खानुस् यी पाँच पदार्थ « Khabarhub

गर्मी तथा ‘लू’बाट बच्न खानुस् यी पाँच पदार्थ


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं- अहिले गर्मीको मौसम शुरु भएको छ । विशेष गरी तराई क्षेत्रमा धेरै गर्मी बढ्न थालेको छ । कतिपय ठाउँमा बहने हावा नै तातो हुन थालेको छ ।

गर्मी बढेसँगै केही सरुवा रोग तथा प्रकोपको सम्भावना पनि बढ्छ । त्यसतर्फ तपाई हामी सचेत हुनुपर्छ ।  गर्मी मौसममा हाम्रो शरीरमा पानीको मात्रा कम हुन्छ ।

यस्तो अवस्थामा अत्यधिक गर्मीको पीडा र अल्छिपनाले तपाईंलाई सताउने गर्छ । गर्मीमा शितलता प्राप्त गर्न तथा तपाईंको शरीरमा पानीको मात्रा कमी हुन नदिन तपाईंले केही खाने कुरामा ध्यान दिनुभयो भने राहत पाउनु हुनेछ ।

घरबाट निस्कनु भन्दा पहिले तथा बाहिर निस्केपछि पनि यस्ता खाने कुरा लिनु भयो भने तपाईंले राहत महसुस गर्नु हुनेछ ।

दही (छाछ वा मठ्ठा)
दहीबाट बनाइएको छाछ वा मठ्ठामा पानीको मात्रा धेरै हुन्छ । यसमा प्रोबायोटिक्स हुन्छ भने यसको सेवनले शरीरलाई सितलता प्रदान गर्छ । यसलाई पिउने हो भने अत्यधिक गर्मीका बेला तराई तथा मधेसमा लू (तातो हावाको प्रभाव) लाग्दैन ।

आँपको पन्ना
गर्मी मौसममा अत्यधिक तातो हावा चल्ने स्थानमा लू लाग्ने गर्दछ । आँपको पन्नाले लू लाग्नबाट बचाउनेछ । काचो आँपलाई उमालेपछि कालो नून अर्थात बिरे नून, चिनी तथा जिराको प्रयोग गरेर तयार गरिन्छ ।
यसले अत्यधिक गर्मीका कारण हुने पीडालाई कम गर्नेछ ।

प्याजको रस
प्याज तथा प्याजको रस दुवैको सेवनबाट लु लाग्नदैन । प्याजको रसले हिट स्ट्रक अर्थात शरीरमा हुने अत्यधिक गर्मीबाट बच्न महत्वपूर्ण सहयोग गर्नेछ । त्यसैले घरबाट बाहिर निस्कनु भन्दा पहिले प्याज खाएर निस्कन सुझाव दिने गरिन्छ । यस्तै खल्तीमा प्याज राख्नुलाई पनि राम्रो मानिन्छ ।

मुंग दाल
मुंगको दाललाई उमालेर त्यसको पतलो पानी पिउँदा अत्यधिक गर्मी (हिट स्ट्रोक) बाट तपाईंलाई राहत मिल्ने छ । यसले शरीरको तापक्रमलाई घटाएर सितलता प्रदान गर्ने छ ।

तितौराको पानी
तितौराको पानीले शरीरमा जल वियोजन (डिहाइड्रेसन) हुनबाट बचाउने छ । तितौरालाई पानीमा भिजाएर, उमालेर, छानेर तथा चिनीमा मिसाएर पिउन सकिने छ ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  ७ : २४ बजे

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले