काठमाडौंमा हैजा देखियो, मनसुनमा रोग फैलिने खतरा! | Khabarhub Khabarhub

काठमाडौंमा हैजा देखियो, मनसुनमा रोग फैलिने खतरा!


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा एक व्यक्तिमा हैजा भएको पाइएको छ । निरन्तर पखाला लाग्ने समस्या लिएर टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आएका ताहचलका एक पुरुषलाई हैजा भएको फेला परेको हो ।

अस्पतालले उनको दिसा परीक्षण गदा हैजा भएको पुष्टि भएको हो । वर्षा शुरु नहुँदै काठमाडौंमै हैजा देखिएकाले वर्षाको समयमा हैजा फैलिने सम्भावना उच्च रहेको शुक्रराज अस्पतालका सरुवारोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताए ।

‘हैजा विशेषगरी फोहोर खाना र दुषित पानीको प्रयोगबाट लाग्ने गदर्छ । हैजाको प्रकोप धेरैजस्तो वर्षायाममा देखिन्छ तर काठमाडौंमा वर्षा अगावै हैजा देखिनु रोग फैलिन सक्ने संकेत पनि हुनसक्छ,’ उनले भने, ‘त्यसैले काठमाडौंबासीले समयमै सहज हुनुपर्छ ।’

हैजाको लक्षण

–लगतातार दिसा आइरहनु,

–बान्ता हुन्छ,

–दिसामा चौलानी जस्तो पानी बग्ने,

–पेट दुख्ने,

–खुट्टा बाउडिने,

–आँखा भित्र गड्ने आदि ।

कसरी सजक रहने ?
–शौचालय  गइसकेपछि राम्रोसँग हात धुने,

–पानी शुद्धीकरण गरेर वा उमालेर मात्रै खाने,

–गुणस्तर भएको पानी मात्रै किनेर खाने,

–काँचै खाइने खानेकुरा तथा फलफुल राम्रोसँग पखालेर मात्रै खाने,

–सकेसम्म बाहिरको खाना नखाने ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  १० : १९ बजे

अल्सरको उपचार नगरे क्यान्सरको जोखिम

ग्याष्ट्रिक आम नेपालीको समस्याको रुपमा परिचित छ। पहिले-पहिले बढ्दो उमेरमा

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका विस्थापित परिवारसँग छलफल

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा विस्थापनमा परेका परिवारको पुनःस्थापनका

दशैँको टीका लगाउने क्रम आज पनि जारी

काठमाडौं– आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको

‘प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता हुनुपर्छ’

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विज्ञान प्रविधि र नवप्रवर्तनको विकासले

साहासिक पदयात्राका लागि ‘थोराङ्ला पास’

म्याग्दी– शदर यामको सुरवात र मनसुन निष्क्रिय हुँदै गएपछि खुल्न