सिमेन्टमा 'आत्मनिर्भर' बन्दै सुदूरपश्चिम, भारतसँगको परनिर्भरता हट्यो | Khabarhub Khabarhub

सिमेन्टमा ‘आत्मनिर्भर’ बन्दै सुदूरपश्चिम, भारतसँगको परनिर्भरता हट्यो


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


धनगढी– केही समय अगाडिदेखि निजी तथा सार्वजनिक निर्माणका लागि भारतबाटै सिमेन्ट आयात हुने सुदूरपश्चिममा अहिले भने स्वदेशी सिमेन्टको प्रयोग बढ्दै गइरहेको छ ।

अघिल्ला वर्षसम्म भन्सारबाट आयात हुने मालबस्तुमा धेरैजसो सिमेन्ट नै हुन्थ्यो । तर, पछिल्लो समय सुदूरपश्चिममा स्वदेशी सिमेन्टको प्रयोग बढ्दै गइरहेको छ ।

नेपालका सिमेन्ट उद्योगले बजारको मागअनुसारको परिमाणमा सिमेन्ट उत्पादन गर्न थालेसँगै सुदूरपिश्चिममा सिमेन्टका लागि भारतसँग रहेको निर्भरता पनि हटेको छ ।

दाङस्थित सोनापुर मिनरल एण्ड आयल प्रालिका सञ्चालक श्याम तायलले सिमेन्ट उत्पादनका क्षेत्रमा पछिल्लोपटक नेपालमा भएको उपलब्धिले भारतीय सिमेन्ट आयात रोकिएको बताए । ‘नेपालमा सिमेन्टको निर्माण लागत भने भारतमा भन्दा बढी छ,’ तायल भन्छन्, ‘सरकारले कोइलाको आयात र बिजुली महसुलमा छुट दिन सके निर्माण लागत कम पर्ने भई उभोक्ताले हालको भन्दा सस्तोमा सिमेन्ट पाउन सक्छन् ।’

उत्पादन गर्ने कम्पनीअनुसार सिमेन्टको गुणस्तर पनि फरक–फरक हुने गरेको बताइएको छ । नेपालमा हाल सञ्चालनमा रहेका ५० भन्दा बढी सिमेन्ट उद्योगले दैनिक झण्डै २० हजार टन सिमेन्ट उत्पादन गरिरहेको अनुमान गरिएको छ ।

नेपालका दाङ, भालुवाङ, भैरहवा, हेटौँडा, मिर्चैया, हिले, नवलपरासी, उदयपुरलगायतका क्षेत्रमा सिमेन्ट उद्योग सञ्चालनमा रहेका छन् । यस क्षेत्रमा नेपाली सिमेन्ट प्रतिबोराको बजार मूल्य हाल रु ७६० देखि ७८० सम्म छ ।

कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत ईश्वरीप्रसाद अर्यालले भन्सार नाका हुँदै विसं २०७४ सम्म भारतीय सिमेन्ट आयात भएकामा त्यसपछि आयात बन्द भएको जानकारी दिए । सिमेन्ट आयात गर्दा मूल्य अभिवृद्धि कर (भ्याट), भन्सार र अन्तःशुल्क लाग्ने गरेको छ । स्वदेशमा उत्पादिन सिमेन्ट सुदूरपश्चिम प्रदेशमा आयात नहुँदा २०७४ अघिसम्म यस क्षेत्रमा निर्माण गरिने भौतिक संरचनामा भारतबाट आयात हुने सिमेन्ट प्रयोग गर्ने गरिएको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  १० : ४० बजे

तीन महिने आँखा शिविरबाट ६७४ जना लाभान्वित

जनकपुरधाम– बनेपास्थित रेयुकाई ईको मासुनागा आँखा अस्पतालको ढल्केबरस्थित शाखा अस्पतालले

कैलालीमा श्रीमतीमाथि कुटपिट गरेर श्रीमान् फरार

धनगढी– कैलालीमा श्रीमतीमाथि कुटपिट गरेर एक जना फरार भएका छन्

इरान र अमेरिकाबीच आणविक विषयमा दोस्रो चरणको उच्चस्तरीय वार्ता रोममा सुरु हुँदै

रोम- इरान र संयुक्त राज्य अमेरिकाबीच तेहरानको आणविक कार्यक्रमसम्बन्धी दोस्रो

आन्दोलनरत शिक्षक महासंघले बोलायो बैठक

काठमाडौं– सरकारसँग विगतमा भएका सहमति सम्बोधन हुने गरी विद्यालय शिक्षा

सत्तासाझेदारीमा कुनै समस्या छैन : गृहमन्त्री 

गण्डकी– गृहमन्त्री रमेश लेखकले सत्तासाझेदार दल नेपाली कांग्रेस र नेपाल