मोटरसाइकल दुर्घटना हुँदा रामेछापमा २ जनाको मृत्यु « Khabarhub

मोटरसाइकल दुर्घटना हुँदा रामेछापमा २ जनाको मृत्यु


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामेछाप– मोटर साइकल दुर्घटनामा परी रामेछापमा २ जनाको मृत्यु भएको छ । जिल्लाको मन्थली नगरपालिका–९ पुरानागाउँमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको  ज्यान गएको हो ।

बुधबार साँझ जिल्लाको पुरानागाउँअन्तर्गत अङ्गेरीपानीबाट खुरबेँसी जाने क्रममा बा ५१ प ६३६५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा खाँडादेवी गाउँपालिकाका २२ वर्षीय लोप्साङ लामा र ११ वर्षीय बालक चोककुमार श्रेष्ठको ज्यान गएको हो ।

मोटरसाइकल दुर्घटना हुँदा चालक लामाको घटनास्थलमै र ११ वर्षीय बालकको उपचारका लागि ल्याउने क्रममा बाटोमै निधन भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेख अदालतले जानकारी दिए ।

उनका अनुसार मोटरसाइकल सडकबाट १ सय मिटर तल खसेको थियो । पुरानागाउँको छापखानी खोला तरेर उकालो बाटोतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई खोलामा खसेको जनाइएको छ । केही समयअघि पनि सोही ठाउँ नजिकै ट्र्याक्टर दुर्घटना हुँदा ७ जना घाइते भएका थिए ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  १० : ४५ बजे

काठमाडौंमा ईश्वर पोखरेल पक्षको भेला, महाधिवेशनमा उठाएका मुद्दाहरूलाई निरन्तरता दिने

काठमाडौं– नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा आफूहरूले

आगामी निर्वाचनमा सही प्रतिनिधि चयन गर्न मन्त्री खरेलको आग्रह

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा

मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ

जेन–जी शहीदका परिवार भेटेपछि भक्कानिए रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते