मोटरसाइकल दुर्घटना हुँदा रामेछापमा २ जनाको मृत्यु « Khabarhub

मोटरसाइकल दुर्घटना हुँदा रामेछापमा २ जनाको मृत्यु


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामेछाप– मोटर साइकल दुर्घटनामा परी रामेछापमा २ जनाको मृत्यु भएको छ । जिल्लाको मन्थली नगरपालिका–९ पुरानागाउँमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको  ज्यान गएको हो ।

बुधबार साँझ जिल्लाको पुरानागाउँअन्तर्गत अङ्गेरीपानीबाट खुरबेँसी जाने क्रममा बा ५१ प ६३६५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा खाँडादेवी गाउँपालिकाका २२ वर्षीय लोप्साङ लामा र ११ वर्षीय बालक चोककुमार श्रेष्ठको ज्यान गएको हो ।

मोटरसाइकल दुर्घटना हुँदा चालक लामाको घटनास्थलमै र ११ वर्षीय बालकको उपचारका लागि ल्याउने क्रममा बाटोमै निधन भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेख अदालतले जानकारी दिए ।

उनका अनुसार मोटरसाइकल सडकबाट १ सय मिटर तल खसेको थियो । पुरानागाउँको छापखानी खोला तरेर उकालो बाटोतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई खोलामा खसेको जनाइएको छ । केही समयअघि पनि सोही ठाउँ नजिकै ट्र्याक्टर दुर्घटना हुँदा ७ जना घाइते भएका थिए ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  १० : ४५ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री