अमेरिकी–रुसी विदेशमन्त्रीबीचको भेटवार्ताको तयारी शुरु « Khabarhub

अमेरिकी–रुसी विदेशमन्त्रीबीचको भेटवार्ताको तयारी शुरु


२६ बैशाख २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–रुसी तथा अमेरिकी विदेशमन्त्री बीचको वार्ताका लागि तयारी शुरु भएको छ । रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभ र अमेरिकी विदेशमन्त्री माइक पोम्पेओबीच आगामी मे १४ का दिन कृष्ण सागरको तटमा रहेको रुसी शहर सोचीमा भेटवार्ता हुने जनाइएको छ ।

भेटवार्तामा उत्तर कोरियाबारे छलफल हुने रुसका उप विदेशमन्त्री इगोर मोरगुलोभले जनाएका छन् ।

यही विषयमा केही दिन अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन संवाद भएको थियो ।

त्यसअघि उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले रुसको भ्रमण गरी रुसी राष्ट्रपति पुटिनसँग भेटवार्ता गरेका थिए ।

गत फेब्रुअरी महिनामा भियतनामको राजधानी हनोईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच भएको दोश्रो शिखर वार्तापछि उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्ध एकाएक पछि धकेलिएपछि रुसी तथा अमेरिकी विदेशमन्त्रीबीच हुन लागेको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहिबार  १ : ४७ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको