जर्मनीले बनायो ई–हाईवे, १० किमि सडकमा विद्युतीय ट्रकको परीक्षण | Khabarhub Khabarhub

जर्मनीले बनायो ई–हाईवे, १० किमि सडकमा विद्युतीय ट्रकको परीक्षण


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


एजेन्सी- वायु प्रदुषणलाई रोक्न विश्वका विकसित मुुलुकहरुले विभिन्न प्रयास गर्दै आएका छन् । वायु प्रदुषणलाई न्यूनिकरण गर्न इन्धनबाट चल्ने सवारीसाधनको सट्टा विद्युतीय गाडीको उत्पादन तथा प्रयोगमा जोड दिँइदै आइएको छ । विद्युतीय साना सवारीहरु प्रयोगमा आउँदै गर्दा जर्मनीले भने विद्युतीय ट्रक र त्यसैअनुसारको ‘ई–हाईवे’ बनाएको छ ।

जर्मनीले फ्रेंकफर्ट विमानस्थल र नजिकैको औद्योगिक पार्कबीचको दश किलोमिटर लामो विद्युतीय हाईवेको परीक्षण गरेको छ । विद्युतीय तारमार्फत ऊर्जा लिएर चल्ने विशेष किसिमले निर्माण गरिएको विद्युतीय ट्रक प्रतिघण्टा ९० किलोमिटरको गतिमा कुद्न सक्छ ।

जर्मन कम्पनी सिमेन्सले यो प्रविधिको विकास गरेको हो । कम्पनीकाअनुसार इन्धनमार्फत चल्ने ट्रक भन्दा विद्युतीय ट्रक कम ऊर्जा खपत गर्ने छ । हरेक वर्ष एक लाख किलोमिटर चल्दा सामान्य रुपमा इन्धनबाट चल्ने ट्रक भन्दा विद्युतीय ट्रकले ढुवानीमा १७ हजार पाउण्डसम्म बचत गर्नेछ ।

यसका साथै कार्बन डाईअक्साइड र नाइट्रोजन डाईअक्साइडको उत्सर्जनमा पनि कमी आउने कम्पनीको भनाइ छ । विद्युतीय प्रविधि जडान नभएको सडकमा भने यो ट्रकलाई इन्धनबाट पनि चलाउन सकिनेछ ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  २ : ५६ बजे

नदी र खोलामा किन सिक्का फालिन्छ ?

 नदीनाला तर्दा सिक्का पैसा फाल्ने गरेको त पक्कै पनि देख्नु

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार