रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा « Khabarhub

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा


४ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ । २०७९ असार ७ गते स्थापना भएको पार्टीले चार वर्षपछि पहिलोपटक महाधिवेशन गर्न लागेको हो ।

चितवनमा हुन लागेको महाधिवेशनमा पार्टीले सबै मुख्य दलका नेताहरूलाई निमन्त्रणा दिएको छ। मुख्य दलका नेतृत्वमा रहेका व्यक्तिहरूलाई दिएको निमन्त्रणामा श्रम संस्कृति पार्टीका हर्क साम्पाङ उपस्थित नहुने घोषणा गरिसकेका छन् ।

महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित हुन्छन् हुँदैनन् भन्ने विषय अहिलेसम्म जानकारी गराइएको छैन । तर नेपाली कांग्रेसका सभापति गगन थापा भने महाधिवेशनमा उपस्थित हुने निश्चित भइसकेको छैन ।

महाधिवेशनमा नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट पुष्पकमल दाहाल प्रचण्ड वा माधव नेपाल उपस्थित हुनसक्ने बताइएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भने राजेन्द्र लिङ्देन नै उपस्थित हुने सूचना आएको छ।

महाधिवेशनमा सीके राउत लगायतका नेताहरूलाई समेत निमन्त्रणा दिएको संकेत गरिएको छ। पार्टीको पहिलो महाधिवेशनमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ समेत उपस्थित हुनसक्ने बताइएको छ।

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  ९ : ४१ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर