सुर्तीजन्य पदार्थको प्रयोग बढेपछि प्रहरी र अस्पतालको सक्रियता, २९ गतेबाट कारवाही « Khabarhub

सुर्तीजन्य पदार्थको प्रयोग बढेपछि प्रहरी र अस्पतालको सक्रियता, २९ गतेबाट कारवाही


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यका भित्रका अस्पताल परिसरमा सुर्तीन्य पदार्थ प्रयोग गर्नेलाई कारबाही हुने भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले अस्पतालहरुसँग सहकार्य गरेर अस्पताल क्षेत्रमा हुने सुर्तीजन्य पदार्थको प्रयोगमा पूर्ण निषेधको अभियान संचालन गर्न लागेको हो ।

सरकारी अस्पतालको प्रवेशद्वार मै खुल्ला रुपमा सुर्तीजन्य पदार्थको विक्री र प्रयोग बढेको र नखानु भनेर चिकित्सकले सम्झाउँदा चिकित्सकलाई नै धम्की दिने गरेको पाइएपछि खबरहबले समाचार प्रकाशित गरेको थियो ।

अस्पताल क्षेत्रमा सुर्तीजन्य पदार्थको प्रयोग बढ्दै गएको समाचार आउँन थालेपछि प्रहरी र अस्पताल प्रशासनले यसको नियन्त्रणको लागि अभियान नै संचालन गर्न लागेको हो ।

अभियान संचालनका लागि प्रहरीले काठमडौंमा रहेका ठूला ११ वटा सरकारी अस्पतालका अस्पताल प्रमूखहरुसँग छलफल समेत गरिसकेको छ ।

आगामी वैशाख २९ गतेदेखि काठमाडौं उपत्यका भित्रका सरकारी तथा नीजि अस्पतालको १०० मिटरसम्मको क्षेत्रमा सुर्तीजन्य पदाथको प्रयोग पूर्ण रुपमा निषेध गरिनेछ ।

अभियान अन्तर्गत पहिलो चरणमा अस्पताल क्षेत्रमा सुर्तीजन्य पदार्थको विक्री वितरण र सेवनमा रोग लगाउने र उनीहरुलाई सचेतना दिने र सचेतनाका कार्यक्रम पछि पनि अस्पताल क्षेत्रमा सुर्तीजन्य पदार्थ प्रयोग नरोकिए कानूनी कारबाही गरिने महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता एवं डिएस्पी होविन्द्र बोगटीले बताए ।

आगामी वैशाख २९ गतेदेखि अस्पतालको १०० मिटरको क्षेत्रभित्र सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई प्रहरी वा अस्पताल प्रशासनले जरिवाना गर्न सक्ने छ ।

‘अस्पताल क्षेत्रभित्र सुर्तीजन्य पदार्थको प्रयोग बढेपछि हामीले कानून कार्यन्वयनका लागि अभियान चलाउन लागेका छौं,’ प्रवक्ता बोगटीले खबरहबसँग भने, ‘काठमाडौंका सबै अस्पताल क्षेत्रमा सुर्तीजन्य पदार्थको सेवन गर्न पाइदैन, यदि कसैले यो नियमलाई अटर गरेमा प्रहरी र अस्पताल प्रशासनले जरिवाना लिन सक्नेछ ।’

कुनैपनि व्यक्तिले कानुन पालना नगरी अस्पताल क्षेत्रमा सुर्तीजन्य पदार्थ प्रयोग गरेमा पहिलो पटक चेतावनी दिइने र दोस्रो पटक देखि एक सय रुपैयाँ जरिवाना गरीने डिएस्पी बोगटीको भनाइ छ ।

अस्पताल क्षेत्रमा रोकिएन धुम्रपान, प्रश्न गर्दा डाक्टरलाई हप्किदप्की !

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  ६ : ११ बजे

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको

योग आशनसँगै रास्वपा प्रशिक्षणको दोस्रो दिनको सुरुवात

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदका

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिस विरुद्ध सञ्चालन भइरहेको

ट्याक्टरको ठक्करबाट गुल्मीमा एक जनाको मृत्यु

गुल्मी– ट्याक्टरको ठक्करबाट गुल्मीको मदाने गाउँपालिकाका एक युवाको मृत्यु भएको

जय ट्रफी फाइनल : आर्मीले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै पुलिस

काठमाडौँ – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनल खेल