जोमसोम विमानस्थल स्तरोन्नतिको काम धमाधम « Khabarhub

जोमसोम विमानस्थल स्तरोन्नतिको काम धमाधम


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ- हिमाल पारीको जिल्ला मुस्ताङस्थित जोमसोम विमानस्थल स्तरोन्नतिको काम शुरु भएको छ । पर्यटकीय तथा हिमाली जिल्ला मुस्ताङस्थित विमानस्थलको धावनमार्गको ग्रेड सुधार र कालोपत्र थप गर्न लागिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

८ सय १५ मिटर लामो धावनमार्गको २ सय १५ मिटरको ग्रेड सुधार गरिने आयोजना प्रमुख कृष्णप्रसाद पौडलेले जानकारी दिए । त्यस्तै हाल तीन सेन्टिमिटर बाक्लो पिच भएको धावनमार्गमा थप चार सेन्टिमिटर कालोपत्र थप गरिने उनले बताए ।

विमानस्थल स्तरोन्नतिका लागि प्राधिकरण र एपेक्स कन्स्ट्रक्सनबीच गत असोजमा नौ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । आगामी दुई महिनाभित्रमा स्तरोन्नतिको काम सम्पन्न हुने आयोजनाले जनाएको छ ।

विमान अवतरण नहुने समयमा स्तरोन्नतिको काम हुने छ । जोमसोम विमानस्थलमा दिउँसो अत्यधिक हावा चल्ने भएकाले उक्त समयमा जहाज अवतरण तथा उडान हुँदैन ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  ३ : ३२ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार