अमेरिकीद्वारा इरानविरुद्ध नयाँ नाकाबन्दीको घोषणा | Khabarhub Khabarhub

अमेरिकीद्वारा इरानविरुद्ध नयाँ नाकाबन्दीको घोषणा


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिकाले इरानविरुद्ध नयाँ नाकाबन्दीको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेश जारी गर्दै इरानको औद्योगिक धातुको निर्यातलाई लक्षित गर्दै नयाँ नाकाबन्दीको घोषणा गरेका हुन् ।

अमेरिकाको नयाँ नाकाबन्दीले इरानका लागि आलुमुनियम, स्टिल, फलाम तथा तामाको खरिद, विक्री, आयात, निर्यात तथा पारवाहनलाई समेटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

औद्योगिक धातु इरानको पेट्रोलियम पछि सबैभन्दा धेरै निर्यात हुने सामग्री हो ।

अमेरिकाले नाकाबन्दीको घोषणा गर्नु केही घण्टा अघि इरानले सन् २०१५ मा भएको आणविक सम्झौताका केही बुँदाबाट पछि हट्ने घोषणा गर्दै युरेनियमको प्रशोधनलाई निरन्तरता दिने जनाएका थियो ।

पछिल्लो समय इरान र अमेरिकाबीचको सम्बन्ध निकै चिसिँदै गएको छ । केही समय अघिमात्र अमेरिकाले इरानका कारण मध्यपूर्वमा रहेका आफ्ना सुरक्षा फौज तथा आफ्ना साझेदारलाई खतरा पुग्नसक्ने भन्दै लडाकु विमानवाहक पानीजहाज तथा बम वर्षक विमानको एकाई परिचालन गर्ने घोषणा गरेको थियो ।

त्यसअघि अमेरिकाले इरानको सैन्य दस्ता रिभल्यूशनरी गार्ड कप्र्स आइआरजीसीलाई आतंककारीको समूहमा राख्दै उक्त समूहमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  ३ : ३५ बजे

न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक : सर्वोच्च बार

काठमाडौं– सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश र

इलाममा अघि लागे एमालेका सुहाङ

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २,

चलचित्र ‘बलिदान’ मा कलाकार बन्ने अवसर !

काठमाडौं– चलचित्र ‘बलिदान’ मा कलाकार बन्ने अवसर खुलेको छ । निर्माण

हत्या आरोपका प्रतिवादी ९ वर्षपछि पक्राउ

काठमाडौं– प्रहरीले कर्तव्य ज्यानसम्बन्धी घटनामा ९ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ

छबिसपथिभेराको मत गनिसक्दा एमालेलाई ७ सय १४ मतको अग्रता

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनमा छबिसपथिभेरा गाउँपालिकाको मतगणना सकिएको