मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने « Khabarhub

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि संसदीय चुनावअघि अमेरिकाले इरानमाथि कुनै पनि सैन्य आक्रमण नगर्ने घोषणा गरेका छन् । ट्रम्पले बिहीबार दुवै देशबीच जारी छ महिना लामो युद्ध अन्त्य गर्ने विषयमा फलदायी वार्ता भइरहेको दाबी गरेका छन् ।

ट्रम्पले आफ्नो सोसल मिडिया प्लेटफर्म ‘ट्रुथ’ सोसल मा एक पोस्ट लेख्दै इस्लामिक रिपब्लिक अफ इरानसँग फलदायी छलफल भइरहेको र नोभेम्बर ३ मा हुने निर्वाचनअघि इरानमाथि आक्रमण नगरिने स्पष्ट पारेका हुन् ।

गत फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि यो युद्ध सुरु भएको थियो । यो युद्धका कारण अमेरिकाभित्र ट्रम्पको जनसमर्थन (एप्रुभल रेटिङ) खस्किएको छ, जसले नोभेम्बरको चुनावमा आफ्नो झिनो बहुमत जोगाउन खोजिरहेका रिपब्लिकन सांसदहरूलाई ठूलो दबाबमा पारेको छ । 

हालै गरिएको राउटर्सरइप्सोस सर्वेक्षण अनुसार ६० प्रतिशत अमेरिकीहरू-जसमा चारमध्ये एक रिपब्लिकन सामेल छन्- इरान स्थितिलाई ट्रम्पले सम्हालेको तरिकाप्रति असन्तुष्ट छन् । युद्धका कारण पेट्रोलको मूल्य ह्वात्तै बढेको छ भने अमेरिकी मतदाताहरूले जीवनयापनको लागत लाई आफ्नो मुख्य चिन्ता बताएका छन् ।

ट्रम्पले चुनावपछि तेलको मूल्य घट्ने अपेक्षा गरे पनि युद्धबाट बाहिरिने कुनै विस्तृत योजना भने प्रस्तुत गरेका छैनन् । युद्ध अन्त्य गर्न र ऊर्जा ढुवानीको महत्त्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ पुनः खोल्नका लागि इरान र अमेरिकाले हालैका हप्ताहरूमा प्रस्तावहरू आदानप्रदान गरे पनि ट्रम्पले तेहरानको पछिल्लो प्रस्ताव अस्वीकार गरिदिएका छन् ।

यसैबीच, इरानको आणविक ऊर्जा सङ्गठनका प्रमुखलाई उद्धृत गर्दै त्यहाँको सरकारी सञ्चारमाध्यमले तेहरानले युरेनियम प्रवर्द्धन नछाड्ने र आफ्नो युरेनियम सञ्चय हस्तान्तरण नगर्ने जनाएको छ । 

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानले आफ्नो युरेनियम प्रवर्द्धन क्षमतामा अर्थपूर्ण कटौती गर्नुपर्ने बताएको केही दिनपछि इरानको यस्तो प्रतिक्रिया आएको हो । अमेरिका, इजरायल र पश्चिमी मित्रराष्ट्रहरूले इरानले आणविक हतियार बनाउन खोजेको आरोप लगाउँदै आएका छन्, जसलाई इरानले खण्डन गर्दै आएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ११ : ५५ बजे

नबिलको ४२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं– नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले पाँच प्रतिशत

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले १५ लाख २८ हजार बराबरको

छोरीको इच्छाविपरीत विवाह गराउँदा के हुन्छ ? प्रदर्शनमा आयो ‘अक्षरा’ 

काठमाडौं– दशैँको माहोल सुरु हुँदै गर्दा नेपाली फिल्म ‘अक्षरा’ शुक्रबारदेखि

नेकपा संयोजन समिति बैठकमा सहभागी हुन पेरिसडाँडामा जुट्दै नेताहरू (तस्बिरहरू)

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको बैठकमा

पोखरामा स्कुल बस दुर्घटना : मृतक चार जनाको पहिचान खुल्यो

काठमाडौँ – कास्कीको पोखरामा स्कुल बस दुर्घटनामा परी मृत्यु भएका पाँच