आन्तरिक उत्पादन बृद्धिमा जोड दिएर बजेट ल्याउन गभर्नर नेपालको सुझाव | Khabarhub Khabarhub

आन्तरिक उत्पादन बृद्धिमा जोड दिएर बजेट ल्याउन गभर्नर नेपालको सुझाव


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले आन्तरिक उत्पादन वृद्धिमा जोड दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले आन्तरिक उत्पादन वृद्धिमा जोड दिएर आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारलाई सुझाव दिएका हुन् ।

संघीय संसदको अर्थ समितिले बिहीबार काठमाडौंमा आयोजना गरेको आगामी आर्थिक वर्षको ‘प्रि बजेट’ छलफल कार्यक्रममा बोल्दै उनले मुलुकमा बढदो व्यापार घाटालाई कम गर्न पनि सरकारले आगामी आर्थिक वर्षको बजेटमा उत्पादन वृद्धिमा जोड दिनुको विकल्प नरहेको पनि स्पष्ट पारे ।

मुलुकमा हाल ७ खरव ८७ अरव व्यापार घाटा रहेको भन्दै गभर्नर नेपालले विप्रेशनको भर नपर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

गभर्नर नेपालले मुलुकमा आर्थिक गतिविधिलाई बढावा दिन पूँजीगत खर्च बढाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने आवश्यक्ता पनि औंल्याए । चालू आर्थिक वर्षको हालसम्म संघीय सरकारले ३५ प्रतिशत मात्रै पूँजीगत खर्च गरेको छ । गभर्नर नेपालले पूँजीगत खर्च बढाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउन सरकारसँग आग्रह गरेका हुन् ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  ३ : ४३ बजे

ट्रम्पले हतियार पठाउने निर्णय गरेपछि युक्रेनमा रुसको आक्रमण

किभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले अहिलेसम्मकै खराब हवाई

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार