अमेरिकासँग सम्बन्ध बिग्रदै गएपछि उत्तर कोरियाले फेरि गर्‍यो क्षेप्यास्त्र परीक्षण « Khabarhub

अमेरिकासँग सम्बन्ध बिग्रदै गएपछि उत्तर कोरियाले फेरि गर्‍यो क्षेप्यास्त्र परीक्षण


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तर कोरियाले बिहीबार छोटो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको छ ।

उत्तर कोरियाले स्थानीय समयअनुसार बेलुकी साढे चार बजे उत्तरपश्चिममा रहेको सिनो री क्षेत्रबाट हतियार परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको हो ।

सर्वोच्च नेता किम जोङ उनको व्यक्तिगत निरीक्षणमा छोटो दुरीका मल्टिपल रकेट लन्चरको परीक्षण गरेको एक लगत्तै उत्तर कोरियाले अर्को हतियार परीक्षण गरेको हो ।

दक्षिण कोरियाली सेनाले उत्तर कोरियाले परीक्षण गरेको भनिएको पछिल्लो हतियारको किसिमबारे केही खुलाएको छैन ।

गत फेब्रुअरी महिनामा भियतनामको राजधानी हनोईमा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको दोश्रो शिखर वार्ता असफल भएयता उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्ध बिग्रिदै गएका बेला उत्तर कोरियाले गरेको पछिल्लो हतियार परीक्षणलाई निकै महत्वका साथ हेरिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  ४ : २० बजे

धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिँदै

बैतडी- भारतको उत्तराखण्डस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका ४८ घण्टाका लागि

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको