आर्मीलाई पराजित गर्दै पुलिस च्याम्पियन | Khabarhub Khabarhub

आर्मीलाई पराजित गर्दै पुलिस च्याम्पियन


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– नेपाल पुलिस क्लबले तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।  ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साँघुमा भएको खेलमा अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।

बिहीबार भएको फाइनल खेलमा आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो । पुलिसले आर्मीलाई २५–१७,२५–१३ र २५–१९ को सेटमा हरायो । उपाधिसंगै पुलिसले नगद ३ लाख ५१ हजार ५ सय प्राप्त गरेको छ भने उपविजेता आर्मीले १ लाख ७६ हजार २सय५१ रुपैया नगद प्राप्त गर्‍यो।

प्रतियोगिताको सेमिफाइनलसम्म पुगेका दुई टोली एपीएफ र गण्डकी प्रदेशले समान ५०–५० हजार प्राप्त गरे । यस्तै पुलिस क्लबका ओपन स्पाइकर कुल बहादुर थापा (हरि) उत्कृष्ट खेलाडी बन्दै १५ हजार प्राप्त गरे ।

यस्तै, उत्कृष्ट सर्भरमा पुलिसका विशाल बिक, सेटरमा कप्तान ईम बहादुर राना, डिफेन्डरमा भिम गाहा, ब्लकरमा दिपक राज जोशी र उत्कृष्ट प्रशिक्षक पुलिसकै सरोज श्रेष्ठ चुनिए ।  यस्तै, उत्कृष्ट स्पाइकरमा आर्मीका धन बहादुर भट्ट चुनिए । उत्कृष्ट खेलाडीहरुले जनही ७–७ हजार नगद प्राप्त गरे ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  ६ : ४३ बजे

प्रदेश सरकारले पुनः निर्माण कोषमा ४० करोड जम्मा गर्ने

विराटनगर – कोशी प्रदेश सरकारले पुनःनिर्माण कोषमा रु ४० करोड

भारतलाई हराउँदै बंगलादेश साफ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं – बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

विश्वकप छनोटका लागि नेपाली महिला क्रिकेट टोलीको घोषणा

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइसीसी यु–१९ महिला

सुगम नगरको दुर्गम बस्ती

कञ्चनपुर – यहाँको भीमदत्त नगरपालिका–९ खल्लाकी निर्मला खड्काको पाँच कट्ठा

गोसाइँकुण्डमा हिमपात सुरु

रसुवा – गोसाइँकुण्ड क्षेत्रमा हिमपात सुरु भएको छ । लौरीविनायकभन्दा