‘मेरो सरकार’को विषय निकालेर कांग्रेसले निहुँ खोज्योः मन्त्री बाँस्कोटा | Khabarhub Khabarhub

‘मेरो सरकार’को विषय निकालेर कांग्रेसले निहुँ खोज्योः मन्त्री बाँस्कोटा


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ‘मेरो सरकार’को विषय निकालेर प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले निहँु खोज्ने काम गरिरहेको आरोप लगाएका छन् ।

मन्त्री बाँस्कोटाले महेन्द्रले प्रयोगमा ल्याएको जय नेपाल भन्ने काँग्रेसले राष्ट्रपतिले ‘मेरो सरकार’ भनेको विषयलाई बहसको विषय बनाउन नमिल्ने तर्क पनि गरे । बिहीबार मन्त्रिपरिषद बैठकका निर्णय सुनाउन सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले जय नेपाल महेन्द्रले २०१७ सालमा प्रयोग गरेको उल्लेख गर्दै त्यसलाई किन काँग्रेसले नछाडेको ? भन्दै प्रश्न समेत गरे ।

उनले बीपी चीनमा जाँदा ‘मेरो सरकार’, ‘मेरो देश’ भनेको स्मरण गराउँदै साना शब्दलाई समातेर सरकारसँग निहुँ नखोज्न पनि प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसलाई आग्रह गरे । ‘यो सबैको सरकारको हो’, संचारमन्त्री बास्कोटाले भने ‘तपाईको पनि सरकार हो, मेरो पनि सरकार हो, राष्ट्रपतिको पनि सरकार ।’

मन्त्री बास्कोटाले संसदमा सत्तापक्ष र प्रतिपक्षबीच वाद–विवाद र प्रतिवाद हुने कुरालाई सामान्य रुपमा लिन पनि संचारकर्मीहरुलाई आग्रह गरे । उनले प्रमुख प्रतिपक्ष काँग्रेससँगको सम्बन्ध नबिग्रिएको र अव बस्ने संसद बैठक विना अवरोध अघि बढने विश्वास पनि व्यक्त गरे ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  ७ : ३४ बजे

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर

अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

अर्घाखाँची– अर्घाखाँचीको सुपादेउराली मन्दिरमा जानआउन केबलकार निर्माण गरिने भएको छ

पाँचखालवासीलाई बिरामी पर्दा निःशुल्क रगतको व्यवस्था

काभ्रेपलाञ्चोक– पाँचखाल नगरपालिकाले आफ्ना नगरवासीलाई बिरामी पर्दा निःशुल्क रगत उपलब्ध

स्रोत नखुलेको रकमसहित तीनजना पक्राउ

पर्सा– पर्सा प्रहरीले स्रोत नखुलेको २८ लाख २८ हजार हुण्डीको