‘मेरो सरकार’को विषय निकालेर कांग्रेसले निहुँ खोज्योः मन्त्री बाँस्कोटा « Khabarhub

‘मेरो सरकार’को विषय निकालेर कांग्रेसले निहुँ खोज्योः मन्त्री बाँस्कोटा


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ‘मेरो सरकार’को विषय निकालेर प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले निहँु खोज्ने काम गरिरहेको आरोप लगाएका छन् ।

मन्त्री बाँस्कोटाले महेन्द्रले प्रयोगमा ल्याएको जय नेपाल भन्ने काँग्रेसले राष्ट्रपतिले ‘मेरो सरकार’ भनेको विषयलाई बहसको विषय बनाउन नमिल्ने तर्क पनि गरे । बिहीबार मन्त्रिपरिषद बैठकका निर्णय सुनाउन सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले जय नेपाल महेन्द्रले २०१७ सालमा प्रयोग गरेको उल्लेख गर्दै त्यसलाई किन काँग्रेसले नछाडेको ? भन्दै प्रश्न समेत गरे ।

उनले बीपी चीनमा जाँदा ‘मेरो सरकार’, ‘मेरो देश’ भनेको स्मरण गराउँदै साना शब्दलाई समातेर सरकारसँग निहुँ नखोज्न पनि प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसलाई आग्रह गरे । ‘यो सबैको सरकारको हो’, संचारमन्त्री बास्कोटाले भने ‘तपाईको पनि सरकार हो, मेरो पनि सरकार हो, राष्ट्रपतिको पनि सरकार ।’

मन्त्री बास्कोटाले संसदमा सत्तापक्ष र प्रतिपक्षबीच वाद–विवाद र प्रतिवाद हुने कुरालाई सामान्य रुपमा लिन पनि संचारकर्मीहरुलाई आग्रह गरे । उनले प्रमुख प्रतिपक्ष काँग्रेससँगको सम्बन्ध नबिग्रिएको र अव बस्ने संसद बैठक विना अवरोध अघि बढने विश्वास पनि व्यक्त गरे ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  ७ : ३४ बजे

चट्याङ लागेर एक जनाको मृत्यु

रोल्पा– रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ

स्थानीय तहको सहभागितामा मुस्ताङमा जलवायु सम्मेलन हुँदै

मुस्ताङ– आगामी भदौमा आयोजना हुने जलवायु सम्मेलनका लागि मुस्ताङको घरपझोङ

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवाले सम्बोधन गर्ने

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ– चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र छ जनामा

नेपाल–चीन सम्बन्ध सात दशकमा बृहत् साझेदारीमा विस्तार

काठमाडौं– परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल ‘एक चीन सिद्धान्तप्रति’ दृढ रहेको