भारतबाट २३ नेपाली महिलाको उद्दार « Khabarhub

भारतबाट २३ नेपाली महिलाको उद्दार


२६ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको बाटो हुँदै तेस्रो मुलुक लैजान लागेको अवस्थमा २३ जना नेपाली महिलालाई भारतको मिजोरम प्रहरी र भारतको सामाजिक कल्याण केन्द्रको सहयोगमा उद्दार गरिएको छ ।

भारतको मिजोरमस्थित, मिजोरम प्रहरी र भारतको सामाजिक कल्याण केन्द्रको सहयोगमा काँकरभिट्टासम्म ल्याई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको नेतृत्व र समन्वयमा विहीबार काँकरभिट्टास्थित माइती नेपालको सेन्टरमा मनोसामाजिक परामर्श र अनुसन्धानका लागि राखिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माले जानकारी दिए ।

उद्दार गरिएका महिला २० देखि ४५ वर्ष उमेर समूहका रहेका छन् । उनीहरु झापा, मोरङ, सिन्धुपाल्चोक, काठमाडौँलगायत जिल्लाका रहेका छन् । मन्त्रालयका कर्मचारी नेतृत्वको टोली तथा मानव बेचबिखन र अनुसन्धान ब्यूरोले उक्त घटनाबारे अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहीबार  ७ : ४५ बजे

बूढीगण्डकी बाढी : पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

गोरखा– आइतबार बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा

बेनी–जोमसोम सडक खुल्यो

मुस्ताङ– बेनी-जोमसोम सडक सञ्चालन भएसँगै यहाँबाट १७३ वटा कन्टेनर गन्तव्यतर्फ

 ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

अर्घाखाँची– छत्रदेव गाउँपालिका–३ मथुरा चापटारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको

टेलिकमको दसैँ अफर, के-के छन् सुविधा ?

काठमाडौं– नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ

बुढीगण्डकीको बाढीले शान्ति बजारका घर डुबानमा

गोरखा- बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्ति बजार