दुबई भनेर म्यानमारमा अलपत्र ७ महिलाले विमानस्थलमा खोले पीडाका पोका « Khabarhub

दुबई भनेर म्यानमारमा अलपत्र ७ महिलाले विमानस्थलमा खोले पीडाका पोका


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको नयाँ दिल्ली र म्यानमारबाट उद्धार गरी फर्काइएका सात महिलाले अब एजेन्टको प्रलोभनमा नपर्ने बताएका छन् ।

देशमै रोजगारी गर्ने उनीहरूको चाहना छ । उनीहरू इराक, कुवेत, यूएईलगायत देशमा काममा लगाइदिने प्रलोभनमा मानव बेचबिखन गर्ने गिरोहको फन्दामा परेका थिए । बिहीबार साँझ काठमाडौं आइपुगेका उनीहरूले बेचिनबाट जोगिएकोमा खुसी व्यक्त गरे । सानो–ठूलो जस्तो काम भए पनि नेपालमै गर्ने उनीहरूले सुनाए ।

उनीहरूमध्ये एक म्यानमार र ६ जनालाई दिल्लीबाट उद्धार गरिएको थियो । एक २२ वर्षीया युवतीलाई भारतको मणिपुरस्थित इम्फालबाट म्यानमार पुर्‍याइएको थियो । एजेन्ट दिलबहादुर कार्कीले दुबईमा काम मिलाइदिन्छु भनेर म्यानमार पुर्‍याएको ती युवतीले बताइन् ।

दोलखाकी उनलाई काठमाडौं हुँदै दिल्ली लगेर २५ दिन राखेपछि मणिपुर लगिएको थियो । त्यहाँ सात दिन राखिएको थियो । म्यानमार पुगुन्जेल ४० दिन बितिसक्दा पनि आफूलाई दुबईको टिकट र भिसा नमिलाई अलपत्र छाडेको उनले सुनाइन् ।

‘म्यानमारमा भारतीय प्रहरीले पक्राउ गर्दा अन्य आठ नेपाली महिला पनि थिए’, उनले भनिन्, ‘प्रहरी आए चिनजान नभएको नाटक गर्ने सल्लाह भएको थियो ।’ यही कारण आफूले अन्य नेपाली महिलाको पहिचान नखुलाएको उनले बताइन् । यो समाचार अन्नपूर्णमा छ ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ७ : ११ बजे

मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले मौलिकता जोगाउन सके मात्रै नेपालीपनको

बालेनको माघी शुभकामना- सय थरि बाजा एउटै ताल…

काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको रौनक

म्याग्दी– म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको

कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना

काठमाडौं – पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले लोकतान्त्रिक विधिबाट विशेष महाधिवेशन

हाम्रो पाठशालाले गाली गर्न सिकाएको होइन : कांग्रेस नेता भण्डारी

काठमाडौं – कांग्रेस नेता चन्द्र भण्डारीले कांग्रेसको पाठशालाले गाली नगर्न