गुस्ताव फ्लोवेर प्रभावशाली फ्रेंच उपन्यासकार हुन् । “मदाम बोवरी’ उनले लेखेको क्लासिक रोमांटिक कथा हो । जसका लागि उनलाई आज पनि उत्तिकै सम्झिने गरिन्छ । उनको जन्मा सन् १८२१ भएको थियो भने मृत्यु– १८८० मा । उनका अनमोल विचार यस्ता छन्-
- मुर्खतालाई कहिल्यै हल्लाउन सकिँदैन, यो ग्रेनाइट जस्तै बलियो र प्रतिरोधक हुन्छ ।
- जीवनको सवैभन्दा श्रेष्ठ दिन सफलता होइन, किनकी श्रेष्ठ दिन त्यो हो– जुन दुखका कारणबाट आजिद भएर
- चुनौतीको सामना गर्न तयार हुनुहुन्छ र भविष्यमा केही हासिल गर्नका लागि आफैसँग बाधा गर्नुहुन्छ ।
- मेलाई विश्वास छ कसैले लगातार क्षितिज नियाल्छ भने पक्कै पनि उसलाई एकदिन पखेटा पलाउनेछन् र संसार नियाल्नेछ ।
- सत्य केही होइन, केबल अनुभव मात्रै हो ।
- जीवनको कण कणमा कविता बसेको हुन्छ ।
- केही चिज दिलमा राख्ने चाहना राख्नुहुन्छ भने उसलाई कालान्तरसम्म हेरिरहनुस् ।
- जीवन भनेको निरन्तरको पढाइ र सिकाइ हो, जहाँ सवै सिक्नुपर्छ, बोल्नेदेखि लिएर मर्नुसम्म ।
- खुशी रहनका लागि तीन चिजका जरुरी पर्छ– मूर्ख हुनु, स्वार्थी हुनु र अल्छीपना । किनकी यदि मुर्खता छैन भने केही चीज बच्नेछैन ।
प्रतिक्रिया