एकीकृत शिबिरमा साढे २ हजारले लिए सेवा | Khabarhub Khabarhub

एकीकृत शिबिरमा साढे २ हजारले लिए सेवा


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनियानी, झापा- अर्जुनधारा नगरपालिकाको आयोजना र जिल्ला प्रशासन कार्यालयको संयोजनमा शुक्रबार सञ्चालित एकीकृत घुम्ती शिविरबाट दुई हजार ५ सयले सेवा लिएका छन् । नगरपालिकाका वडा नं १, २ र ३ का बासिन्दाले सो शिबिरबाट सेवा लिएका हुन्।

शिविरमा एक दर्जनभन्दा बढी विषयगत कार्यालयले समेत सेवा दिएका थिए। नागरिकता वितरण, फोटोसहितको मतदाता नामावली सङ्कलन, आँखा तथा स्वास्थ्य परीक्षण, माटो परीक्षण, पशुसेवालगायत सेवा प्रदान गरिएको सो शिबिर नगरप्रमुख हरिकुमार राना, प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, उपप्रमुख कमला खतिवडा र वडा नं ३ वडाध्यक्ष जीवकुमार भण्डारीले संयुक्तरूपमा नागरिकता वितरण गरेर शिविर उद्घाटन गरेका थिए।

नागरिकलाई सम्पूर्ण सेवा एकै ठाउँमा प्रदान गर्न शिविरमा प्रशासन कार्यालले सहयोग गरेको प्रजिअ दाहालले बताए। नगरपालिकाले आयोजना गरेको एकीकृत शिबिर नमूना भएको नगरप्रमुख हरिकुमार रानाले उल्लेख गरेका थिए।

 

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ९ : १५ बजे

कोशी प्रदेशका सबै जिल्ला पूर्णखोप सुनिश्चिता घोषणा

मोरङ – कोशी प्रदेशका १४ वटै जिल्लाले पूर्णखोप सुनिश्चिता दिगोपना

संविधान संशोधनका लागि कांग्रेस र एमालेलाई प्रचण्डको भरोसा !

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनलाई मुख्य एजेन्डा

बालुवाटारमा मन्त्रिपरिषद् बैठक, घुस प्रकरणमा पनि कुरा हुने

काठमाडौं- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।

मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

दमौली– मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को तेस्रो पटक