एकीकृत शिबिरमा साढे २ हजारले लिए सेवा « Khabarhub

एकीकृत शिबिरमा साढे २ हजारले लिए सेवा


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनियानी, झापा- अर्जुनधारा नगरपालिकाको आयोजना र जिल्ला प्रशासन कार्यालयको संयोजनमा शुक्रबार सञ्चालित एकीकृत घुम्ती शिविरबाट दुई हजार ५ सयले सेवा लिएका छन् । नगरपालिकाका वडा नं १, २ र ३ का बासिन्दाले सो शिबिरबाट सेवा लिएका हुन्।

शिविरमा एक दर्जनभन्दा बढी विषयगत कार्यालयले समेत सेवा दिएका थिए। नागरिकता वितरण, फोटोसहितको मतदाता नामावली सङ्कलन, आँखा तथा स्वास्थ्य परीक्षण, माटो परीक्षण, पशुसेवालगायत सेवा प्रदान गरिएको सो शिबिर नगरप्रमुख हरिकुमार राना, प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, उपप्रमुख कमला खतिवडा र वडा नं ३ वडाध्यक्ष जीवकुमार भण्डारीले संयुक्तरूपमा नागरिकता वितरण गरेर शिविर उद्घाटन गरेका थिए।

नागरिकलाई सम्पूर्ण सेवा एकै ठाउँमा प्रदान गर्न शिविरमा प्रशासन कार्यालले सहयोग गरेको प्रजिअ दाहालले बताए। नगरपालिकाले आयोजना गरेको एकीकृत शिबिर नमूना भएको नगरप्रमुख हरिकुमार रानाले उल्लेख गरेका थिए।

 

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ९ : १५ बजे

यशा सागर बनिन् एनपीएलको तेस्रो सिजनको होस्ट

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि

६ जिल्लाका सीडीओ फेरिए

काठमाडौँ । गृहमन्त्रालयले विभिन्न ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)

निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न गर्ने लक्ष्य

दार्चुला । जिल्ला सदरमुकाम खलङ्गामा निर्माणाधीन ५० शय्याको जिल्ला अस्पतालको

पछिल्लो विपदमा परेर ३५ जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका

महिलाहरूले रथ तानेसँगै सकियो यस वर्षको इन्द्रजात्रा

काठमाडौँ । काठमाडौँ उपत्यकाको आठ दिन लामो ऐतिहासिक एवं सांस्कृतिक