उत्तर कोरियासँग अमेरिकी प्रतिनिधिको वार्ता फलदायी : ट्रम्प « Khabarhub

उत्तर कोरियासँग अमेरिकी प्रतिनिधिको वार्ता फलदायी : ट्रम्प


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कूटनीतिज्ञले उत्तर कोरियामा गरेको वार्ता ‘फलदायी’ भएको बताएका छन्। यसका साथै उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँगको शिखर वार्ता भियतनामको हनोइ सहरमा हुने उनले बताए।

‘फलदायी वार्तापछि अमेरिकी प्रतिनिधि भर्खरै उत्तर कोरियाबाट फर्केका छन्। फेब्रुअरीको २६ र २७ मा किम जोङ उनसँगको शिखर वार्ता भियतनामको हनोइ शहरमा हुने पनि निश्चित गरेका छन्,’ ट्रम्पले ट्विटरमा लेखेका छन्।

शान्ति प्रक्रियाका लागि अध्यक्ष किम जोङ उनसँगको वार्ताको प्रतिक्षारत रहेको समेत ट्रम्पको भनाइ छ। भियतनामसँग उत्तर कोरिया र अमेरिका दुबै मुलुकको उत्तिकै राम्रो सम्बन्ध रहेको बताइन्छ।

उत्तर कोरियाका लागि अमेरिकी विशेष प्रतिनिधि स्टेफन बाइगनले तीन दिनसम्म उत्तर कोरियाको भ्रमण गरी आफ्ना समकक्षी किम ह्योक चोलसँग वार्ता गरेका थिए।

किम र बाइगनबीच ट्रम्प–किम वार्ताअघि फेरी भेटवार्ता गर्ने सहमति बनेको बताइएको छ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग फेब्रुअरी २६ र २७ मा भियतनाममा शिखर वार्ता गर्ने घोषणा गरेका थिए।

अमेरिकी विशेष प्रतिनिधि बाइगन र किमबीच गत बुधबारदेखि शुक्रबारसम्म बैठक भएको थियो। उनीहरुबीच सिंगापुर शिखर वार्तामा राष्ट्रपति ट्रम्प र किमबीच भएको सहमतिलाई गति दिने विषयमा छलफल भएको जनाइएको छ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  १ : १८ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर