आइसिसीले नेपाली क्रिकेट खेलाडीको दुई वर्षको एक करोड २७ लाख तलब पठायो | Khabarhub Khabarhub

आइसिसीले नेपाली क्रिकेट खेलाडीको दुई वर्षको एक करोड २७ लाख तलब पठायो


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाली खेलाडीको रोकिएको दुई वर्षको तलब एकमुष्ठ पठाएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनमा परेसँगै नेपाली खेलाडीले दुई वर्षदेखिको तलब पाएका थिएनन् । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को पहलमा आइसिसीले दुई वर्षको खेलाडीको तलब एकमुष्ठ रु एक करोड २७ लाख ८७ हजार ७८२ पठाएको राखेपले जनाएको छ ।

“हामीले आइसिसीबाट तलब पाउँदै आएका २१ खेलाडीसँग सम्झौता गरेर आइसिसीमा पठाएका थियौं । हिजो मात्र पैसा आएको छ’ राखेप सदस्य सचिव केशव विष्टले भन्नुभयो ।

सन् २०१७ र १८ मा नेपालका लागि खेलेका क्रिकेटरलाई ए, बी र सी गरी तीन श्रेणीमा राखिएको छ । त्यसअनुसार राखेपले प्रत्येक खेलाडीहरुसँग सम्झौता गरेर तलबका लागि आइसिसीमा पत्र पठाएको थियो । आइसिसीले ‘ए’ श्रेणीका लागि मासिक रु ३५ हजार, ‘बी’ श्रेणीका लागि रु २५ हजार र सी श्रेष्णीका खेलाडीलाई रु १५ हजार मासिक तलब उपलब्ध गराएको छ ।

‘ए’ श्रेणीमा कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने छन् । दुई वर्षको तलब एक मुष्ट लिँदा ‘ए’ श्रेणीमा पर्ने खेलाडीले जनही रु आठ लाख ४० हजार पाउनेछन् ।

त्यसैगरी श्रेणी ‘बी’ मा आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार साह, रोहित पौडेल, ललित राजवंशी र शक्ति गौचन छन् । उनीहरुले दुई वर्षको एकमुष्ठ रु छ लाख पाउनेछन् ।

यसैगरी सी श्रेणीमा सुवास खकुरेल, सागर पुन, दिलीप नाथ, सुनिल धमला, सुसन भारी, प्रदीप ऐरी र विनोद भण्डारी छन् । उनीहरुले मासिक रु १५ हजारका दरले दुई वर्षको तलब रु तीन लाख पाउनेछन् ।

राखेपका अनुसार टोली व्यवस्थापक रमन शिवाकोटी र मुख्य प्रशिक्षक जगत टमाटाले पनि दुई वर्षको पारिश्रमिक पाउनेछन् । उहाँहरुको पारिश्रमिक खुलाइएको छैन ।

क्यान विवादले उग्ररुप लिँदै गर्दा आइसिसीले २०७३ वैशाखदेखि क्यानलाई सरकारी हस्तक्षेप र निष्पक्ष नभएको भन्दै प्रतिबन्ध लगाउँदै आएको छ । विसं २०७३ वैशाखमा क्यान निलम्बन भएपछि अहिलेसम्म नेपाली खेलाडीले अभिभावकबिनै ठूला प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन् ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ५ : ४६ बजे

जलवायु परिवर्तनमा हाम्रो योगदान छैन : अर्थमन्त्री

वासिङ्टन– अर्थमन्त्री वर्षमान पुनले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपालसहित

च्याम्पियन्स लिग : रियल मड्रिड सेमिफाइनलमा

काठमाडौँ– युईएफए च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड सेमिफाइनलमा प्रवेश गरेको

मानसिक रोगको कारण बन्नसक्छ स्मार्ट फोन

सामाजिक मनोचिकित्सक जोनाथान हाइडट पछिल्लो समय युवा पुस्ता अझ भनौँ

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज

एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह

महोत्तरी– स्थानीय तहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती