बराहक्षेत्र मुलुकै उत्कृष्ट धार्मिक गन्तव्य : राष्ट्रपति भण्डारी « Khabarhub

बराहक्षेत्र मुलुकै उत्कृष्ट धार्मिक गन्तव्य : राष्ट्रपति भण्डारी


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान  : राष्ट्रपति विद्यादेवी भण्डारीले सुनसरीको वराहक्षेत्रको प्राचीन हरिद्वार चतराधाममा श्रीराम तारकब्रह्म महायज्ञको उद्घाटन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज दिउँसो रामानन्द सेवापीठले निर्माण गरेका १२८ कोठे नव निर्मित श्रीराम निकेतन, लक्ष्मण निलियम र जानकी सदनको समेत उद्घाटन गर्नुभयो ।

महायज्ञको उद्घाटन कार्यक्रममा उहाँले नेपालमा पहिलो पटक भएको तारकब्रह्म महायज्ञ राष्ट्रकै गौरव भएको बताउनुभयो । उहाँले बराहक्षेत्र मुलुकै उत्कृष्ट धार्मिक गन्तव्य भएको र रामनन्द सेवापीठको सक्रियतामा भएको महायज्ञ कार्यक्रमले यहाँको गरिमा बढाएको समेत बताउनुभयो । “यहाँ जडिबुटी प्रशोधन केन्द्र बनाएर नेपाललाई चाहिने औषधी आफैँ बनाउन सकिन्छ ”, राष्ट्रपति भण्डारीले भन्नुभयो । त्यससँगै उहाँले यज्ञ मण्डपको पूजा अर्चना, अवलोकन गर्नुभयो ।

कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बराहक्षेत्र प्रदेश नं १ को प्रमुख धार्मिक पर्यटकीय गन्तव्य भएकोले यसका लागि प्रदेश सरकारले पनि लगानी गर्न लागेको बताउनुभयो । महायज्ञमा शुक्रबार नै भारतको अयोध्या र उत्तरकाशी लगायतका स्थानबाट सात जना जगद्गुरु, पीठाधीस र महामण्डलेश्वर चतराधाम आउनुभएको आयोजनकले जनाएको छ । १४ करोडको लागतमा आयोजना भइरहेको महायज्ञको समापन यज्ञ पूर्णहुति फागुन ७ गते हुने जनाइएको छ ।

रामानन्द सेवापीठका पिठाधिस महायोगी डा कृष्णदास महाराजका अनुसार हिन्दू अध्यात्मअनुसार तारकब्रम्ह मन्त्र जप गरेर गरिने होम नै तारकब्रम्ह महायज्ञ हो । यो मन्त्र पौराणिक कालमा देवताले जप गर्ने गर्दथे । पछि पृथ्वी जगतको कल्याणका लागि ठूला महाराजाले यो यज्ञ लगाउने गरेका थिए । यो मन्त्रको जप गरेर होम गर्दा उत्पन्न धुवाँबाट एक पटकमा १०८ प्रकारका ‘साइकोन’ उत्पन्न हुने र त्यसले वायुमण्डललाई शुद्ध बनाउने काम गर्दछ ।

डा कृष्ण दासका अनुसार तारकब्रम्ह यज्ञ नेपालमा पहिलो पटक र विश्वमा ७०५ वर्षपछि हुन लागेको हो । आयोजकले यहाँको हुनमान मन्दिर परिसरमा ११ तले कलात्मक हवनकुण्ड निर्माण गरेको छ ।

हवनका लागि विभिन्न १०८ प्रकारका हवनकुण्ड बनाइएका छन् । यही कुण्डमा एक हजार २०० साधकले १६ करोड हवानाचार्यसहित एक अर्ब ६० करोड पटक ‘तारकब्रम्ह मन्त्र’ जप गर्ने छन् । उक्त महायज्ञमा देश विदेशका प्रकाण्ड आत्यात्मिक विद्वानसहित योग साधकदेखि सयौँ योगाचार्य र धार्मिक प्रवक्ताको सहभागिता हुने डा दासले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ६ : ०१ बजे

विभेद अन्त्यका लागि सबै पक्षसँग हातेमालो आवश्यक : प्रचण्ड

काडमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै

प्रि ओपन सेसन : नेप्सेमा करिब ३ अंकको वृद्धि

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

वीरगञ्ज भन्सारले चार महिनामा उठायो ३३ अर्ब राजस्व

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को प्रथम चार

अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा प्रभातफेरी (तस्बिरहरू)

काठमाडौं– आज ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ

एनपीएल : बलिङमा नेपाल अगाडि, ब्याटिङमा विदेशीको दबदबा : कुन खेलाडी कति अब्बल ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को बलिङमा नेपाली खेलाडी चम्किँदा