बराहक्षेत्र मुलुकै उत्कृष्ट धार्मिक गन्तव्य : राष्ट्रपति भण्डारी « Khabarhub

बराहक्षेत्र मुलुकै उत्कृष्ट धार्मिक गन्तव्य : राष्ट्रपति भण्डारी


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान  : राष्ट्रपति विद्यादेवी भण्डारीले सुनसरीको वराहक्षेत्रको प्राचीन हरिद्वार चतराधाममा श्रीराम तारकब्रह्म महायज्ञको उद्घाटन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज दिउँसो रामानन्द सेवापीठले निर्माण गरेका १२८ कोठे नव निर्मित श्रीराम निकेतन, लक्ष्मण निलियम र जानकी सदनको समेत उद्घाटन गर्नुभयो ।

महायज्ञको उद्घाटन कार्यक्रममा उहाँले नेपालमा पहिलो पटक भएको तारकब्रह्म महायज्ञ राष्ट्रकै गौरव भएको बताउनुभयो । उहाँले बराहक्षेत्र मुलुकै उत्कृष्ट धार्मिक गन्तव्य भएको र रामनन्द सेवापीठको सक्रियतामा भएको महायज्ञ कार्यक्रमले यहाँको गरिमा बढाएको समेत बताउनुभयो । “यहाँ जडिबुटी प्रशोधन केन्द्र बनाएर नेपाललाई चाहिने औषधी आफैँ बनाउन सकिन्छ ”, राष्ट्रपति भण्डारीले भन्नुभयो । त्यससँगै उहाँले यज्ञ मण्डपको पूजा अर्चना, अवलोकन गर्नुभयो ।

कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बराहक्षेत्र प्रदेश नं १ को प्रमुख धार्मिक पर्यटकीय गन्तव्य भएकोले यसका लागि प्रदेश सरकारले पनि लगानी गर्न लागेको बताउनुभयो । महायज्ञमा शुक्रबार नै भारतको अयोध्या र उत्तरकाशी लगायतका स्थानबाट सात जना जगद्गुरु, पीठाधीस र महामण्डलेश्वर चतराधाम आउनुभएको आयोजनकले जनाएको छ । १४ करोडको लागतमा आयोजना भइरहेको महायज्ञको समापन यज्ञ पूर्णहुति फागुन ७ गते हुने जनाइएको छ ।

रामानन्द सेवापीठका पिठाधिस महायोगी डा कृष्णदास महाराजका अनुसार हिन्दू अध्यात्मअनुसार तारकब्रम्ह मन्त्र जप गरेर गरिने होम नै तारकब्रम्ह महायज्ञ हो । यो मन्त्र पौराणिक कालमा देवताले जप गर्ने गर्दथे । पछि पृथ्वी जगतको कल्याणका लागि ठूला महाराजाले यो यज्ञ लगाउने गरेका थिए । यो मन्त्रको जप गरेर होम गर्दा उत्पन्न धुवाँबाट एक पटकमा १०८ प्रकारका ‘साइकोन’ उत्पन्न हुने र त्यसले वायुमण्डललाई शुद्ध बनाउने काम गर्दछ ।

डा कृष्ण दासका अनुसार तारकब्रम्ह यज्ञ नेपालमा पहिलो पटक र विश्वमा ७०५ वर्षपछि हुन लागेको हो । आयोजकले यहाँको हुनमान मन्दिर परिसरमा ११ तले कलात्मक हवनकुण्ड निर्माण गरेको छ ।

हवनका लागि विभिन्न १०८ प्रकारका हवनकुण्ड बनाइएका छन् । यही कुण्डमा एक हजार २०० साधकले १६ करोड हवानाचार्यसहित एक अर्ब ६० करोड पटक ‘तारकब्रम्ह मन्त्र’ जप गर्ने छन् । उक्त महायज्ञमा देश विदेशका प्रकाण्ड आत्यात्मिक विद्वानसहित योग साधकदेखि सयौँ योगाचार्य र धार्मिक प्रवक्ताको सहभागिता हुने डा दासले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ६ : ०१ बजे

डेढ–दुई लाखबाट सुरु गरेको खेतीमा ८० लाख लगानी

तेह्रथुम– रोजगारीको खोजीमा गाउँका युवा बर्सेनि विदेशिन थालेपछि ग्रामीण बस्ती

भरूवा बन्दुक बरामद

दैलेख– नौमुले गाउँपालिका-३ स्थित भाडेखोला सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक ३ थान

कोशी कटानको त्रासमा श्रीलंका टप्पुका बासिन्दा

सुनसरी– बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुका बुद्धिमान माझीले सप्तकोशीको बाढी र

अवैध लागूऔषधसहित तीनजना पक्राउ

काठमाडौं– नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ ट्याब्लेट, एनारगन

पक्राउ परेका व्यक्तिलाई जथाभावी हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई बिनाकारण वा जथाभावी हत्कडी