खशोग्जी हत्या प्रकरण : ट्रम्पले कङ्ग्रेसलाई रिपोर्ट नबुझाउने « Khabarhub

खशोग्जी हत्या प्रकरण : ट्रम्पले कङ्ग्रेसलाई रिपोर्ट नबुझाउने


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले साउदी पत्रकार जमआल खशोग्जीको हत्याका विषयमा अमेरिकी कङ्ग्रेसलाई प्रतिवेदन बुझउन अस्वीकार गरेका छन् ।

कङ्ग्रेसले गत अक्टोबर महिनामा १ सय २० दिनको म्याद दिएर ट्रम्प प्रशासनसमक्ष खशोग्जी हत्याबारे प्रतिवेदन बुझाउन आह्वान गरेको थियो । खशोग्जीका हत्यारा र उनका हत्यारामाथि नाकाबन्दी लगाउन सकिने वा नसकिने विषयमा प्रतिवेदन तयार पार्न कङ्ग्रेसले दिएको म्याद शनिबार सकिँदैछ ।

तर, ट्रम्प प्रशासनले प्रतिवेदन बुझउने कुनै तयारी नगरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । गत वर्षको अक्टोबरमा टर्कीको इस्तानबुल शहर रहेको साउदी वाणज्यि दूतावास प्रवेश गरेका खशोग्जी त्यसयता बेपत्ता छन् । वाणिज्य दूतावासभित्र उनको अमानवीय ढङ्गले हत्या भएको विश्वास गरिन्छ ।

यअसघि विश्वभर सनसनी मच्चाएको खशोग्जी हत्या प्रकरणमा साउदी युवराज मोहम्मद बिन सलमानको प्रत्यक्ष निर्देशन रहेको अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सीआईएले जनाएको थियो । घटनामा संलग्न रहेको भन्दै साउदी अरबमा ११ जनामाथि कारवाहीको प्रकृया सुरु भइसकेको बताइन्छ ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ६ : १० बजे

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट