खशोग्जी हत्या प्रकरण : ट्रम्पले कङ्ग्रेसलाई रिपोर्ट नबुझाउने | Khabarhub Khabarhub

खशोग्जी हत्या प्रकरण : ट्रम्पले कङ्ग्रेसलाई रिपोर्ट नबुझाउने


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले साउदी पत्रकार जमआल खशोग्जीको हत्याका विषयमा अमेरिकी कङ्ग्रेसलाई प्रतिवेदन बुझउन अस्वीकार गरेका छन् ।

कङ्ग्रेसले गत अक्टोबर महिनामा १ सय २० दिनको म्याद दिएर ट्रम्प प्रशासनसमक्ष खशोग्जी हत्याबारे प्रतिवेदन बुझाउन आह्वान गरेको थियो । खशोग्जीका हत्यारा र उनका हत्यारामाथि नाकाबन्दी लगाउन सकिने वा नसकिने विषयमा प्रतिवेदन तयार पार्न कङ्ग्रेसले दिएको म्याद शनिबार सकिँदैछ ।

तर, ट्रम्प प्रशासनले प्रतिवेदन बुझउने कुनै तयारी नगरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । गत वर्षको अक्टोबरमा टर्कीको इस्तानबुल शहर रहेको साउदी वाणज्यि दूतावास प्रवेश गरेका खशोग्जी त्यसयता बेपत्ता छन् । वाणिज्य दूतावासभित्र उनको अमानवीय ढङ्गले हत्या भएको विश्वास गरिन्छ ।

यअसघि विश्वभर सनसनी मच्चाएको खशोग्जी हत्या प्रकरणमा साउदी युवराज मोहम्मद बिन सलमानको प्रत्यक्ष निर्देशन रहेको अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सीआईएले जनाएको थियो । घटनामा संलग्न रहेको भन्दै साउदी अरबमा ११ जनामाथि कारवाहीको प्रकृया सुरु भइसकेको बताइन्छ ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ६ : १० बजे

छाउगोठ भत्काउने विशेष अभियान सञ्चालन गर्न प्रशासनको अनुरोध

कञ्चनपुर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाका नौवटै पालिकालाई छाउगोठ

राजर्षि जनक विश्वविद्यालयको सिनेट : ३७ करोड ९३ लाख बजेट स्वीकृत

काठमाडौं – राजर्षि जनक विश्वविद्यालयको आगामी आर्थिक वर्षका लागि रु

कोशी प्रदेशका सबै जिल्ला पूर्णखोप सुनिश्चिता घोषणा

मोरङ – कोशी प्रदेशका १४ वटै जिल्लाले पूर्णखोप सुनिश्चिता दिगोपना

संविधान संशोधनका लागि कांग्रेस र एमालेलाई प्रचण्डको भरोसा !

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनलाई मुख्य एजेन्डा