सिन्धुलीको कपिलाकोटमा स्थानीय र प्रहरीबीच झडप, २० राउन्ड हवाइ फायर | Khabarhub Khabarhub

सिन्धुलीको कपिलाकोटमा स्थानीय र प्रहरीबीच झडप, २० राउन्ड हवाइ फायर


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिन्धुलीको कपिलाकोटा इलाका प्रहरी कार्यलयमा अभियुक्त पक्ष र प्रहरीबीच झडप भएको छ ।

प्रहरी र अभियुक्त पक्षको झडप नियन्त्रण गर्न प्रहरीले २० राउण्ड हवाइ फायर समेत गरेको छ ।

जिल्लाको मरिण गाउँपालिका–६ मा बिहीवार राति विवाहको भोजपछि झडप हुँदा नियन्त्रणमा लिइएको व्यक्तिको विषयमा स्थानीय र प्रहरीबीच झडप भएको हो ।

विवाहमा झडप गर्नेमध्ये स्थानीय गणेश कोलीलाई नियन्त्रणमा लिएपछि स्थानीयले इलाका प्रहरी कार्यालयमा ढुङ्गामुडा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले खबरहबलाई जानकारी दिए ।

एसपी सिंहका अनुसार स्थानीयले प्रहरी कार्यालयमा ढुङ्गामुडा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाइ फायर गरेको हो ।

स्थानीयले भने प्रहरीबाट जथाभावी गोली प्रहार भएको आरोप लगाएका छन् । स्थानीयका अनुसार प्रहरीले २० राउन्ड हवाइ फायर गरेको छ ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  ७ : २६ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’