निन्द्रा नपुग्नेलाई मानसिक समस्या ? « Khabarhub

निन्द्रा नपुग्नेलाई मानसिक समस्या ?


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मानिसलाई स्वस्थ रहँदा खानपानसँगै आरामको पनि जरुरत पर्दछ । भविष्यको चिन्ताका कारण धेरैले कम सुत्ने र धेरै काम गर्ने गरेको पनि पाइन्छ ।

तर, त्यस्तो काम स्वास्थ्यका लागि हानिकारक हुने एक अध्ययनले देखाएको छ । स्वास्थ्य जर्नलले प्रकाशित गरेको एक प्रतिवेदन अनुसार निन्द्रा नपुग्ने गरी सुत्ने मानिसमा मानसिक समस्या हुन सक्ने तथ्य सार्वजनिक गरेको छ । निद्रा पुग्नेगरी नसुत्ने कलेज तहका विद्यार्थीहरुको मानसिक विकासमा समस्या हुने खतरा रहेको पनि सो अध्ययनले देखाएको छ ।

निद्रा पूरा नभएकाले मानसिक समस्या देखिएकामध्ये २१ प्रतिशतमा तनावको समस्या पाइएको छ । अध्ययन कर्ताले २४ प्रतिशतमा निराशाको समस्या हुने बताएका छन् । त्यस्तै २४ प्रतिशतमा रिसाउने समस्या, २५ प्रतिशतमा कुन्ठा, २५ प्रतिशतमा महत्वकांक्षा, २८ प्रतिशतमा काम गर्न समस्या र २८ प्रतिशतमा आत्महत्याको समस्या देखिएको अध्ययनकर्ताको भनाइ छ । यो अध्ययनबाट उनीहरुले अनिन्द्रा स्वास्थ्यका लागि धेरै हानिकारक हुने निष्कर्ष निस्किएको छ ।

सन् २०११ देखि २०१४ सम्म एक लाख १० हजार ४९६ जना सहभागीसँग सामेल भएर गरिएको अध्ययनका क्रममा अनिन्द्राबाट सबैभन्दा धेरै कलेज तहमा पढ्ने विद्यार्थी पीडित भएको पाइएको छ ।

निन्द्रा किन लाग्दैन ?

धेरैजसो मानसिक कारणले निन्द्रा विथोलिन्छ ।
मनमा कुरा खेलाउने बानीले निन्द्र पर्दैन ।
धेरै सोच्ने, मनमै तर्क वितर्क गर्ने, कुण्ठा, गुनासा, आवेग जस्ता मानसिक विकारले निन्द्रा बिथोलिन्छ ।
शारीरिक समस्याले पनि निन्द्रा लाग्दैन ।
कमजोरी वा कुनै पीडाको कारण मस्त सुत्न सकिदैन ।
धेरै उत्साहित हुँदा, थाक्दा निन्द्रा लाग्दैन ।

यसरी पुगिन्छ गहिरो निन्द्रामा

निन्द्रा नलाग्दा केहिले औषधी सेवन गरेको पाइन्छ । यो राम्रो होइन । आफ्नो बानी नियमित गर्न सके गहिरो निन्द्रामा पुग्न सकिन्छ । त्यसका लागि केहि टिप्स यस्ता छन् :-
राती सुत्ने समयलाई नियमित गर्नुपर्छ । नियमित सुत्ने अभ्यासले ठीक समयमा निन्द्रा लाग्छ ।
सकेसम्म ८ देखि १० बजेसम्म ओछ्यानमा पुग्नुपर्छ ।
ओछ्यानमा पुगेपछि भिडियो हेर्ने, चर्को ध्वनी सुन्ने, फेसबुक चलाउने गर्नुहुँदैन । मधुरो आवाजमा सुमधुर गीत सुन्न सक्नुहुन्छ।
मनलाई शान्त बनाउन कथा, उपन्यास, जीवनोपयोगी एवं धर्मको, दर्शनको पुस्तकहरु पढ्न सकिन्छ ।
मनलाई अशान्त पार्ने हिसाब किताब गर्ने, योजना बनाउने, वितेका कुरा सम्झने, आफू अपमानति भएको कुरा सम्झनु हुँदैन ।
सुत्नुअघि हल्का व्यायाम गरेर १५ मिनेटजति ध्यान गरे राम्रो हुन्छ ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  ७ : ५८ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी