अब परिवर्तनको नेतृत्व नयाँ र विकल्प दिनेले गर्नुपर्छ : मन्त्री कुलमान « Khabarhub

अब परिवर्तनको नेतृत्व नयाँ र विकल्प दिनेले गर्नुपर्छ : मन्त्री कुलमान


१७ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले अब परिवर्तनको नेतृत्व नयाँ र विकल्प दिने व्यक्ति, संस्था र पार्टीहरूले गर्नुपर्ने बताएका छन् । 

बुधबार काठमाडौंमा उज्यालो नेपाल पार्टीको घोषणा सभालाई सम्बोधन गर्दै घिसिङले आमजनताको इच्छा आकाङ्क्षा बमोजिम वैकल्पिक भनिएका शक्तिहरू एकठाँउमा आएर परिवर्तनको नेतृत्व गर्नुपर्ने बताएका हुन् । 

अहिलेका परिवर्तनलाई परिणाममुखी बनाउनुपर्ने भन्दै उनले नयाँ सरकार, युवाको नयाँ नेतृत्व अपरिहार्य रहेको बताए ।

घिसिङले जेन-जी आन्दोलनले भ्रष्टाचार मुक्त देशको विषय मुख्य रुपमा उठाएकाले भ्रष्टाचार मुक्त देश बन्न सके समृद्धितर्फ अघि बढ्न सकिने धारणा राखे  । 

सही व्यक्तिलाई प्रधानमन्त्रीदेखि तहसम्मको जिम्मेवारी दिन सकेको भए जेन-जी आन्दोलनको अवस्था नआउने भन्दै उनले सही व्यक्ति सही स्थानमा भए देश परिवर्तन हुन धेरै समय नलाग्ने जिकिर गरे ।

ठूला–ठूला भाषण गर्न सक्ने व्यक्ति मुलुकको समृद्धि गर्न असफल हुन सक्ने भएकाले भाषण भन्दा परिणाममुखी काम गर्न सक्नुपर्ने उनले जोड दिए । 

उनले जेन-जी आन्दोलनपछिको चुनौती स्वीकार गर्दै आफू सरकारमा सहभागी भएकाले आफूले पूर्णरुपमा जिम्मेवारी पुरा गर्ने बताए । 

उनले जेन-जी आन्दोलनपछिको परिवर्तनलाई संस्थागत गर्दै मुलुकलाई अग्रगामी दिशामा लैजान वर्तमान सरकार केन्द्रित भइरहेको स्पष्ट पारे । 

त्यस्तै पूर्वमन्त्री सुमना श्रेष्ठले अहिलेको अवस्थामा वैकल्पिक भनिने शक्तिहरू एकताबद्ध हुनुपर्ने भन्दै उनीहरुबीच विवाद भए निर्वाचनमार्फत पूरा नै राजनीतिक दलहरू हाबी हुनसक्ने बताइन् । 

उनले मुलुकको अहिलेको आवश्यकता र जनताले चाहेको एजेन्डा पुरा गर्न उज्यालो नेपाल पार्टी गम्भीर हुनुपर्ने सुझाव दिए ।  

कार्यक्रममा उज्यालो नेपाल पार्टीकी नेत्री रिमा विश्वकर्माले पार्टीको घोषणापत्र सार्वजनिक गरेकी थिइन् । सो पार्टीले उज्यालो भविष्यको लागि वर्तमान संविधानका केही व्यवस्थाहरू संशोधन गरिनुपर्ने, समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित रहने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने, प्रदेशहरूमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीसहित ५ सदस्यीय मन्त्रिमण्डल रहने व्यवस्था गरिनुपर्ने लगायतका एजेन्डा अघि सारेको छ ।   

प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार  ६ : १८ बजे

प्रधानमन्त्रीलक्षित निश्कलको व्यङ्ग्य- चिया पसलमा पुग्ने फुर्सद, किसानका समस्या सुन्ने फुर्सद छैन

काठमाडौं–  नेपाली कांग्रेसका सचेतक निश्कल राईले भारतमा चिया निर्यातमा देखिएको

विश्वकपमा मेस्सीको ऐतिहासिक रात

एजेन्सी– लियोनेल मेस्सीले विश्व फुटबलमा अर्को ऐतिहासिक उपलब्धि थप्दै आफ्नो

च्याउखेतीबाट रोजगारी दिन र मनग्य आम्दानी लिन सफल मङ्गल

अत्तरिया– कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक च्याउखेती गर्दै

सुकुम्वासीको उचित बन्दोबस्त गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले नेपाल–भारत

सभामुखलाई कांग्रेसको प्रश्न : रास्वपासँगको नाभी काट्न सक्नुभएको छैन कि क्या हो ?

काठमाडौं- नेपाली कांग्रेसले सभामुख डोल प्रसाद अर्यालको भूमिकाप्रति प्रश्न उठाएको