विश्वकप क्रिकेट : आफ्नो सर्वोच्चता खोज्दै भारत र अस्ट्रेलिया « Khabarhub

विश्वकप क्रिकेट : आफ्नो सर्वोच्चता खोज्दै भारत र अस्ट्रेलिया


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी एकदिवसिय विश्वकप क्रिकेटमा आज (आइतबार) दुई बलियो टोली भारत र अस्ट्रेलियाबीचको खेल हुँदैछ । लण्डनस्थित दी ओभलमा हुने खेल नेपाली समयअनुसार ३ बजेर १५ मिनेटमा शुरु हुनेछ ।

इङ्ग्ल्यान्डमा जारी विश्वकपमा यी दुई टोलीबीचको खेललाई निकै महत्वका साथ हेरिएको छ । दुवै टोलीलाई विश्वकप क्रिकेटको ट्रफीका लागि बलियो दाबेदारका रुपमा क्रिकेट विज्ञहरु व्याख्या गर्छन ।

यसअघि २ खेल खेलिसकेको अस्ट्रेलियाले दुवै खेलमा जीत हात पारेको छ भने यसअघि एक खेलमात्रै खेलेको भारतले पहिलो खेलमा जीत हात पारिसकेको छ ।

राम्रो लयमा रहेका दुवै टोलीले आजको खेलमा जीत निकाल्दै एक–अर्का सामू आफुलाई बलियो बनाउने लक्ष्यमा रहेका छन् । वेष्ट इन्डिजविरुद्धको खेलमा आठौं ब्याट्सम्यानका रुपमा मैदान प्रवेश गरेका नाथन कौल्टेर निलले ६२ बलमा ९२ रन बनाउँदै टोलीलाई सम्मानजनक अवस्थामा पुर्‍याएका थिए । जुन खेलमा अस्ट्रेलियाले वेष्ट इन्डिजलाई १५ रनले पराजित गरेको थियो ।

यस्तै, अस्ट्रेलियाका ओपनिङ ब्याट्सम्यान डेभिड वार्नर पनि लयमा रहेकाले भारतमाथि हावी हुन सक्ने आँकलन गरिएको छ भने भारतका लागि कप्तान विराट कोहली, रोहित शर्मा, युवराज सिंहलगायत ब्याट्सम्यान आक्रमक रुपमा मैदानमा देखिन सक्छन् ।

त्यस्तै, दक्षिण अफ्रिकाविरुद्ध जीत निकाल्दा भारतका लागि युज्भेन्द्र चहालले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएका थिए भने ब्याटिङमा रोहित शर्माले शतकीय पारी खेलेका थिए ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  ९ : २० बजे

रवि बिरामी भएपनि बालेनसँग निरन्तर संवादमा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गैर सांसदलाई पनि मन्त्री

यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा सात जनाको मृत्यु

दुबई – इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन आक्रमणका कारण

जनताले दिएको मत परिणामलाई एमालेले सम्मान गर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले

पृथ्वी राजमार्गमा ‘ओभर लोड’ बोक्ने सवारी चालक धमाधम कारबाहीमा

धादिङ – पृथ्वी राजमार्गमा पछिल्लो समय सवारी अनुशासन कायम गराउन

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित