भाषा परीक्षामा सहभागी युवाको प्रश्न– कोरिया नगएर कहाँ जाऊँ त ? | Khabarhub Khabarhub

भाषा परीक्षामा सहभागी युवाको प्रश्न– कोरिया नगएर कहाँ जाऊँ त ?


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण कोरियाको रोजगारीप्रति नेपाललगायत दक्षिण एसियाका युवा युवतीको आर्कषण बढ्दै गएको छ ।

विगत केही वर्षयता रोजगारीसँगै अन्य बहानामा कोरिया प्रवेश गर्ने एसियाली युवाको संख्या निकै ठूलो छ । नेपालबाट सन् २००८ देखि कोरियन भाषा परीक्षा (इपीएस)मार्फत रोजगारीका लागि कोरिया पुग्ने र जान प्रयास गर्ने नेपालीको संख्या बढेको छ ।

२००८ यता कोरियन भाषा परीक्षामार्फत करिब ६० हजार युवा रोजगारीका लागि कोरिया पुगेका छन् ।

चालु आर्थिक वर्षदेखि सरकारले देशभित्र रोजगार नभए निर्वाह भत्ता दिने योजनासहित प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याएपनि यो कार्यक्रमको प्रवाह युवा जमतमा परेको देखिएको छैन । देशभित्रको रोजगारीभन्दा विदेश जाने युवाको आकांक्षा बढी रहेको पाइन्छ । जसको पछिल्लो उदाहरण शनिवारबाट शुरु भएको कोरियन भाषा परीक्षालाई लिन सकिन्छ ।

आगामी वर्ष एवं सन् २०२० का लागि दक्षिण कोरियाले कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार लैजाने कोटा निर्धारण गरेको भएपनि कोरियन भाषा परीक्षाका लागि ८२ हजार भन्दा धेरैले आवेदन दिएका थिए ।

‘रहर होइन बाध्यता’

कोरियन भाषा परीक्षामा सामेल युवा कोरिया रहर नभइ बाध्यता भएको बताउँछन् ।

कोरिया भाषा परीक्षा दिन काठमाडौं आएका युवा देशभित्र रोजगारीका अवसर प्राप्त नहुँदा कोरिया जान भाषा पढेको बताउँछन् ।

देशमा भनेजस्तो रोजगारी नपाएपछि कोरियन भाषा अध्ययन गरि भाषा परीक्षामा सामेल भएको लाहानाका राजेन्द्र शाहले बताए । देशभित्र रोजगारीका अवसर नपाएपछि कोरियन भाषा अध्ययन गरेर कोरिया जाने सोच बनाएको उनको भनाइ छ ।

उनले भने, ‘सरकारले देशभित्र रोजगारी दिने भनेर युवा वर्गलाई भ्रम मात्र छर्छ । बेरोजगार भएपछि कोरिया जानुको विकल्प नै छैन । कोरियन भाषामा फेल भए अन्य देश रोजगारीमा जाने सोचमा छु ।’ बीबीएस अध्ययन गरेका शाहाले भने ।

यसैगरि कोरियन भाषा परीक्षामा सामेल हुने आएका लमजुङका दिनेश शर्मा पनि देशमा काम नपाएर बेरोजगार बस्नुभन्दा भाषा परिक्षा दिएर कोरिया रोजगारीमा जाने इच्छा रहेको बताए । ‘देशभित्र सामान्य काम पाएपनि कति समय गर्न पाउने हो निश्चित छैन,’ उनले भने,‘भाषा परिक्षा पास गरेर गए ७ वर्षसम्म बस्न र कमाउन पाइन्छ । नेपालमा आज पाएको जागिर भोली जान्छ कि भन्ने हुन्छ ।’

घरमा बेरोजगार भएर बस्नु भन्दा वैदेशिक रोजगारीमा जानु उपयुक्त भएको उनको भनाइ छ । ‘देशभित्र रोजगारी नपाएपछि कोरिया जान खोेजेको हुँ । घरमा बेरोजगार बस्नुभन्दा विदेशमा गए केही पैसा कमाइन्छ ।’

दिनेशले शिक्षा शास्त्र संकायमा स्नातक गरेका छन् ।

यस्तै, परीक्षा दिन काठमाडौं आएका झापाका रामचन्द्र गौतम पनि देशमा रोजगारीका अवसर नपाएका कारण वैदेशिक रोजगारीका लागि कोरिया जान खोजेको बताउँछन् ।

‘देशभित्र नत राम्रो गरि काम गर्न पाइन्छ । नत केही व्यापार व्यवसाय गर्ने वातावरण नै छ, बरु विदेश गयो ढुक्क कमाइ हुन्छ ।’ उनले भने, ‘रोजगारीका लागि ठुलावडालाई हाल फैलाउनु पर्छ । कोरिया भाषा पास गरियो भने नत कसैको सहयोग माग्नु पर्छ । कामका पाइएन भन्दै भिख माग्नु नि पार्दनन् ।’

सरकारले देशभित्र रहेका बेरोजगारी शिक्षित युवालाई अलमलाउन मात्र बाहानाका लागि झुकाउने योजना ल्याएको उनको आरोप छ ।
गौतम, शाह र शर्मा जस्ता हजारौं युवा वर्ग कोरियाको रोजगारीमा जानका लागि भाषा परीक्षामा सामेल भएका छन् । कोरियन भाषा परीक्षा अध्ययन गर्ने धेरै युवा शिक्षित वर्ग छन् । कोरिया भाषामा सामेल युवा अधिकांशले स्नातक गरेका छन् वा अध्ययनको क्रममा रहेका छन् । केही युवा कक्षा १२ पास गरेका छन् । पछिल्लो समय कोरियन भाषा परीक्षामा महिलाको पनि आकर्षण बढदै गाएको छ ।

कोरियामा नेपालीले भोग्नुपर्ने वास्तविक पीडा बिर्संदै दोहोराएर कोरिया प्रवेश गर्ने नेपाली युवाको संख्या पनि बढ्दै गइरहेको छ । यसरी रोजगारीका लागि कोरिया जाने नेपाली युवाको चाहना बढेसँगै कोरिया सरकारले पनि नेपाललाई दिने कोटा बढाउँदै लगेको छ ।

दक्षिण कोरियाको रहनसहन र मेहनती बानीको अनुसरण गर्ने विश्वभर बढ्दै गइरहेका छन् । कोरियाको संगीत, फेसन र खुला जीवनशैलीको अनुशरण विश्वभर गरिँदै आएको छ ।

सन् २०१९ को इपिएस परीक्षा भाषा र सीप तथा क्षमता परीक्षण गरी दुई चरणमा हुदैछ । यो वर्ष ९२ हजारले भाषा परिक्षाका लागि आवेदन दिएका थिए । भाषा परीक्षाको उत्पादनमूलक क्षेत्रको सय अंक र कृषि तथा पशुपालन क्षेत्रको ९० अंक हुने शाखाले जानकारी दिएको छ । जसमा २० अंकको पढ्ने र २० सुन्ने गरि ४० वटा प्रश्न सोधिने छन् ।

दुवैमा २५ र २५ गरी ५० मिनेटको परीक्षा हुनेछ । दोस्रो चरणको सीप परीक्षण उत्पादनमूलक क्षेत्रको १०० अंक र कृषि तथा पशुपालन क्षेत्रको ११० अंकको हुनेछ । कोरिया सरकारले नेपालबाट पशुपालन र उत्पादन क्षेत्रमा कामदार लिदै आएको छ ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  १२ : ०४ बजे

प्रधानमन्त्रीले भने: जेनजीका मागमा सकारात्मक थियौँ, प्रदर्शनमा घुसपैठकै कारण दुःखद घटना भयो

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार कम्तीमा १९ जनाको

नेपालमा भएको दमनबारे के भने युनिसेफसहित राष्ट्रसंघीय निकायले ?

काठमाडौं – नेपालमा सोमबार भएको जेनजी प्रदर्शनका क्रममा सुरक्षाकर्मीले गरेको

एमालेले भन्यो : ‘जेनजी’ आन्दोलनमा भएको घटना हृदयविदारक र दुःखद्

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज काठमाडौंलगायत देशभरि भएको

जेनजीसँगको झडपमा दुई सयभन्दा बढी सुरक्षाकर्मी घाइते

काठमाडौं – जेनजी प्रदर्शन एक्कासी उग्र बन्दै गएपछि नियन्त्रणमा लिने

गगनको निष्कर्ष : गठबन्धन सरकारको औचित्य सकियो, दमनको जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सोमबार १९ जनाको