खाना खाएको पैसा नतिरेपछि ग्राहकलाई होटेलमा साङ्लोले बाँधेर राखियो « Khabarhub

खाना खाएको पैसा नतिरेपछि ग्राहकलाई होटेलमा साङ्लोले बाँधेर राखियो


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लिमा– कुनै व्यावसायका ग्राहकले पैसा तिर्न लगाउन के सम्म गरिन्छ ? ल्याटिन अमेरिकी मुलुक पेरुमा भने पैसा तिराउने घटनाले हदै पार गरेको छ ।

पेरुमा खाएको पैसा तिर्नका लागि एकजना ग्रहकलाई रेष्टुरेन्टमा साङ्लोले बाँधेर राखिएको घटना सार्वजनिक भएको छ । भेनेजुएलामा आर्थिक तथा राजनीतिक संकटबाट भागेर पेरु पुगेका एक जनालाई रेष्टुरेन्टमा साङ्लोले बाँधेर राखिएको घटना सार्वजनिक भएको हो ।

ला पटिला अखबारका पत्रकार लुइस मार्टिनेजले साङ्लोले बाँधेर राखेको राखेको घटना सार्वजनिक गरेका हुन् । समाचारसँगै सार्वजनिक गरिएका तस्बीरमा ती ग्राहकलाई कुर्सीमा साङ्लोले बाँधेर राखिएको छ ।

ती तस्बीरहरु साङ्लोमा बाँधिने ग्राहक आफैँले खिचेको बताइएको छ । भेनेजुएलाबाट आएका आप्रवासीका साथमा पैसा नहुने र उनीहरुले खाएको पैसा नतिर्ने भएकाले ती अप्रवासीलाई साङ्लोले बाँधिएको जनाइएको छ ।

ला पटिला अखबारले भने ‘विदेशीलाई घृणा गर्ने भावना’ का कारण यस्तो घटना घटेको आरोप लगाएको छ ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  ३ : २७ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको