२४ अर्ब बढी रकम धितोपत्र बजारमा भित्रने | Khabarhub Khabarhub

२४ अर्ब बढी रकम धितोपत्र बजारमा भित्रने


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–धितोपत्र बजारमा २४ अर्ब १९ करोड १३ लाख रुपैयाँ थपिने भएको छ ।

उक्त रकम बजारमा भित्र्याउन हालसम्म ३१ वटा कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिई सकेका छन् । आवेदन अनुसार १३ कम्पनीले आईपीओ, ९ कम्पनीले हकप्रद, ४ कम्पनीले ऋणपत्र र ५ कम्पनीले म्युचअल फण्ड मार्फत रकम भित्र्याउने माग गरेका छन् ।

जसमध्ये सबैभन्दा बढी रकम ऋणपत्र मार्फत भित्रिने भएको छ । परेका अवेदनको तथ्याङक अनुसार विभिन्न चार वटा कम्पनीले ११ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न बोर्डसँग अनुमति मागेका छन् । त्य

सैगरी म्युचअल फण्ड मार्फत ५ अर्ब ८५ करोड र हकप्रद मार्फत ४ अर्ब ८७ करोड ३२ लाख ६७ हजार रुपैयाँ बजार भित्रिने भएको छ । त्यस्तै आईपीओ मार्फत सबैभन्दा कम रकम (२ अर्ब ६ करोड ८० लाख ३६ हजार रुपैयाँ) बजार भित्रिने छ ।

आईपीओका लागी १३ वटा कम्पनीले २ करोड ६ लाख ८० हजार कित्ता साधारण सेयर बजारमा बिक्री गर्ने तयारीमा छन् । जसमध्ये अधिकांश जलविद्युत कम्पनीहरु रहेको छन् । आईपीओ मार्फत सबैभन्दा बढी अपी पावरले २ अर्ब रुपैयाँ बढीको सेयर बिक्री गर्ने भएको छ ।

आवश्यक रकम भित्र्याउनका लागी हाल ३१ वटै कम्पनी धितोपत्र बोर्डको अनुमतिको पर्खाइमा छने ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  ३ : ३६ बजे

चोरले एक तोला सुन निलेपछि…

पाँचथर– पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन

इंग्ल्याण्ड ‘सी’विरुद्ध नेपालले आज मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं– नेपाल र इंग्ल्याण्ड ‘सी’ बीचको मैत्रीपूर्ण फुटबल खेल आज

संरक्षण थालिएको ताल नै सुकेपछि…

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र