२४ अर्ब बढी रकम धितोपत्र बजारमा भित्रने « Khabarhub

२४ अर्ब बढी रकम धितोपत्र बजारमा भित्रने


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–धितोपत्र बजारमा २४ अर्ब १९ करोड १३ लाख रुपैयाँ थपिने भएको छ ।

उक्त रकम बजारमा भित्र्याउन हालसम्म ३१ वटा कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिई सकेका छन् । आवेदन अनुसार १३ कम्पनीले आईपीओ, ९ कम्पनीले हकप्रद, ४ कम्पनीले ऋणपत्र र ५ कम्पनीले म्युचअल फण्ड मार्फत रकम भित्र्याउने माग गरेका छन् ।

जसमध्ये सबैभन्दा बढी रकम ऋणपत्र मार्फत भित्रिने भएको छ । परेका अवेदनको तथ्याङक अनुसार विभिन्न चार वटा कम्पनीले ११ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न बोर्डसँग अनुमति मागेका छन् । त्य

सैगरी म्युचअल फण्ड मार्फत ५ अर्ब ८५ करोड र हकप्रद मार्फत ४ अर्ब ८७ करोड ३२ लाख ६७ हजार रुपैयाँ बजार भित्रिने भएको छ । त्यस्तै आईपीओ मार्फत सबैभन्दा कम रकम (२ अर्ब ६ करोड ८० लाख ३६ हजार रुपैयाँ) बजार भित्रिने छ ।

आईपीओका लागी १३ वटा कम्पनीले २ करोड ६ लाख ८० हजार कित्ता साधारण सेयर बजारमा बिक्री गर्ने तयारीमा छन् । जसमध्ये अधिकांश जलविद्युत कम्पनीहरु रहेको छन् । आईपीओ मार्फत सबैभन्दा बढी अपी पावरले २ अर्ब रुपैयाँ बढीको सेयर बिक्री गर्ने भएको छ ।

आवश्यक रकम भित्र्याउनका लागी हाल ३१ वटै कम्पनी धितोपत्र बोर्डको अनुमतिको पर्खाइमा छने ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  ३ : ३६ बजे

सरकारको प्रतिरक्षामा सभामुख उत्रिनु उचित होइन : शंकर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधिभा बैठकमा सरकारमाथि

बजेट निर्माणमा जुटे कञ्चनपुरका पालिका

महेन्द्रनगर– यहाँका स्थानीय पालिकाहरू आगामी आर्थिक वर्ष २०८३-८४ का लागि

यी हुन् पहिलो पटक विश्वकप खेल्न लागेका चार नयाँ टोली

काठमाडौँ – विश्व फुटबलको सबभन्दा ठूलो महोत्सव फिफा विश्वकपको आकार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, तीन नाविकको मृत्यु भएपछि इरानको कडा प्रतिक्रिया

तेहरान– खाडी क्षेत्रमा भारतीय चालक दल रहेका व्यावसायिक जहाजहरूमाथि भएको

शिशु च्यापेका गृहमन्त्रीको भावुकता

काठमाडौँ – लामो समयदेखि न्यायका लागि सडक संघर्षमा होमिएका चितवनका