किन हुन्छ एलर्जी ? कसरी गर्ने उपचार ? « Khabarhub

किन हुन्छ एलर्जी ? कसरी गर्ने उपचार ?


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

कुनै पनि वस्तुको सम्पर्कमा आउदा शरीरमा नकारात्मक असर देखिने अवस्था नै एलर्जी हो । धेरै मानिसमा घाम, बोटबिरुवा, धुलो, बासना, औषधि आदिले एलर्जी हुन्छ ।

किन हुन्छ एलर्जी ?
एलर्जीमा हुने ‘मास्ट’ सेलभित्र हिस्टामिन नामक रसायन हुन्छ । हिस्टामिन मास्ट सेलबाट छुटेर बाहिर निस्कियो भने जुन भागमा पुग्यो त्यहीँ एलर्जी हुन्छ ।

मास सेल सबैभन्दा बढी छालामा हुन्छ । त्यसपछि नाक, घाँटी, आन्द्रा, श्वास–प्रश्वास नली, आँखा, पाठेघर तथा योनीमा हुन्छ ।

एलर्जी भएमा छाला चिलाएर डाबर आउने, नाकमा भयो भने हाच्छिऊँ आउने, श्वास नलीमा भयो भने खोकी र दम हुने, आँखामा भयो भने आँसु आउने हुन्छ। यीमध्ये सबैभन्दा बढी फोक्सोमा हुन्छ । एलर्जीका धेरै बिरामी वातावरण प्रदूषणका कारण हुने गरेका छन् ।

एलर्जीको जटिलता के हो ?

पहिलो चोटि एलर्जी भयो भने उपचारले निको हुन सक्छ । तर, क्रोनिक एलर्जी छ भने निको नहुन सक्छ ।  जस्तो सिमेन्टको एलर्जी पछिसम्म निको नहुने हुन्छ । त्यसैगरी सिमेन्टको एलर्जीले छालामा दाग बसेको छ भने पछिसम्म दुबी जस्तो सेतो दाग आउन सक्छ । माछाको एलर्जी भएको छ भने अर्को चोटि माछा खाँदा झन् गम्भीर एलर्जी हुन्छ । तेस्रो पटक पनि खायो भने श्वास बन्द भएर ज्यानै जान सक्छ ।

त्यसैगरी नदुख्ने औषधि बु्रफिन, निम्सको एलर्जी छ भने जिउभरको छालामा निस्कन सक्छ । त्यही चिज दोहोरियो भने जिब्रो सुन्निएर, श्वास बन्द भएर र निसास्सिएर मृत्युसमेत हुन सक्छ ।

एलर्जीको उपचार कसरी गर्ने ?
एलर्जीको लक्षण अनुसार उपचार हुन्छ । छाला चिलाउने समस्या छ भने नचिलाउने औषधिको प्रयोग गर्नुपर्छ । श्वास फेर्न गाह्रो भयो भने श्वास खुल्ने औषधि, आँखाको छ भने आँखामा हाल्ने औषधि छ, हाच्छिऊँ आएको छ भने नाकमा राख्ने औषधि प्रयोग गर्नुपर्छ ।

अर्को उपचार भनेको मास सेलभित्र रहेको हिस्टामिन नामक रसायनलाई आयुर्वेद औषधी द्वारा निस्कसना गरी पुन्न स्वस्थ अवस्थामा ल्याईन्छ ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  ५ : १७ बजे

हङकङको बहुतले भवनमा भीषण आगलागी, कम्तीमा चार जनाको मृत्यु

हङकङ- हङकङको एक बहुतले आवासीय भवनमा बुधबार भीषण आगलागी हुँदा

भारतमा नयाँ श्रम संहिताविरुद्ध श्रमिकको देशव्यापी प्रदर्शन

एजेन्सी– भारत सरकारले लागू गरेको नयाँ श्रम संहिताविरुद्ध देशभरका हजारौँ

विराटनगरका कप्तान सन्दीपले लिए चितवनको तेस्रो विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल|) अन्तर्गत बुधबारको खेलमा विराटनगर

अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक विस्तार

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डको रोकिएको स्तरोन्नति पुनः सुरु

आर्टुडियोद्वारा नयाँ पाटन विंग र ‘अनसिन’ प्रदर्शनी उद्घाटन  

पाटन – आर्टुडियोले नकबाहिल, पाटनमा आफ्नो नयाँ पाटन विंगको शुभारम्भ