किन हुन्छ एलर्जी ? कसरी गर्ने उपचार ? « Khabarhub

किन हुन्छ एलर्जी ? कसरी गर्ने उपचार ?


२६ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

कुनै पनि वस्तुको सम्पर्कमा आउदा शरीरमा नकारात्मक असर देखिने अवस्था नै एलर्जी हो । धेरै मानिसमा घाम, बोटबिरुवा, धुलो, बासना, औषधि आदिले एलर्जी हुन्छ ।

किन हुन्छ एलर्जी ?
एलर्जीमा हुने ‘मास्ट’ सेलभित्र हिस्टामिन नामक रसायन हुन्छ । हिस्टामिन मास्ट सेलबाट छुटेर बाहिर निस्कियो भने जुन भागमा पुग्यो त्यहीँ एलर्जी हुन्छ ।

मास सेल सबैभन्दा बढी छालामा हुन्छ । त्यसपछि नाक, घाँटी, आन्द्रा, श्वास–प्रश्वास नली, आँखा, पाठेघर तथा योनीमा हुन्छ ।

एलर्जी भएमा छाला चिलाएर डाबर आउने, नाकमा भयो भने हाच्छिऊँ आउने, श्वास नलीमा भयो भने खोकी र दम हुने, आँखामा भयो भने आँसु आउने हुन्छ। यीमध्ये सबैभन्दा बढी फोक्सोमा हुन्छ । एलर्जीका धेरै बिरामी वातावरण प्रदूषणका कारण हुने गरेका छन् ।

एलर्जीको जटिलता के हो ?

पहिलो चोटि एलर्जी भयो भने उपचारले निको हुन सक्छ । तर, क्रोनिक एलर्जी छ भने निको नहुन सक्छ ।  जस्तो सिमेन्टको एलर्जी पछिसम्म निको नहुने हुन्छ । त्यसैगरी सिमेन्टको एलर्जीले छालामा दाग बसेको छ भने पछिसम्म दुबी जस्तो सेतो दाग आउन सक्छ । माछाको एलर्जी भएको छ भने अर्को चोटि माछा खाँदा झन् गम्भीर एलर्जी हुन्छ । तेस्रो पटक पनि खायो भने श्वास बन्द भएर ज्यानै जान सक्छ ।

त्यसैगरी नदुख्ने औषधि बु्रफिन, निम्सको एलर्जी छ भने जिउभरको छालामा निस्कन सक्छ । त्यही चिज दोहोरियो भने जिब्रो सुन्निएर, श्वास बन्द भएर र निसास्सिएर मृत्युसमेत हुन सक्छ ।

एलर्जीको उपचार कसरी गर्ने ?
एलर्जीको लक्षण अनुसार उपचार हुन्छ । छाला चिलाउने समस्या छ भने नचिलाउने औषधिको प्रयोग गर्नुपर्छ । श्वास फेर्न गाह्रो भयो भने श्वास खुल्ने औषधि, आँखाको छ भने आँखामा हाल्ने औषधि छ, हाच्छिऊँ आएको छ भने नाकमा राख्ने औषधि प्रयोग गर्नुपर्छ ।

अर्को उपचार भनेको मास सेलभित्र रहेको हिस्टामिन नामक रसायनलाई आयुर्वेद औषधी द्वारा निस्कसना गरी पुन्न स्वस्थ अवस्थामा ल्याईन्छ ।

प्रकाशित मिति : २६ जेठ २०७६, आइतबार  ५ : १७ बजे

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म

हलमा टिकट काटेर हेर्नुपर्ने फिल्म सोझै मोबाइलमा !

चलचित्र हलमा नयाँ फिल्म रिलिज हुन्छ। दर्शक टिकट काटेर हल

मर्स्याङ्दीमा जलसतह  घट्यो, तत्काल बाढीको जोखिम छैन : जिल्ला प्रशासन

लमजुङ– वर्षाका कारण  मर्स्याङ्दी नदीमा बढेको पानीको सतह र बहाव

नारायणी पुलमा अड्किएको राइनो क्रुज निकाल्ने काम सुरु (तस्बिर)

चितवन– नारायणी नदीले बगाएर पुलको पिलरमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने

विराट कोहलीले बनाए ऐतिहासिक कीर्तिमान: एकदिवसीयमा छिटो १५ हजार रन पुरा

काठमाडौँ – भारतीय ब्याटर विराट कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेटमा